गार्डियन माइक्रो लाइफको १ लाख १२ हजार कित्ता शेयरको लकइन सकिंदै
१६ असार २०८२, सोमबार ०६:४९

काठमाडौं । गार्डियन माइक्रो लाइफको सामूहिक लगानी कोषतर्फको १ लाख १२ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो साउन ४ गते सकिंदैछ।
कम्पनीले सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले सामूहिक लगानी कोषलाई छुट्याइएको शेयर ६ महीनासम्म लकइनमा राख्नुपर्ने प्रावधान बमोजिम कम्पनीको शेयर लकइनमा रहेको थियो। संस्थापक र कर्मचारीतर्फको शेयर भने ३ वर्षसम्म लकइनमा रहनेछ।
कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। कम्पनीको शेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड रहेको छ।