राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई पक्राउ
काठमाडौं । राजावादी आन्दोलनका अगुवा तथा व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएको हो। प्रसाईलाई नियन्त्रणमा लिएपछि तीनकुने क्षेत्रमा स्थिति थप जटिल बनेको छ। उनका समर्थकहरू आक्रोशित हुँदै नाराबाजी गरिरहेका छन्। प्रहरीले...
तीनकुनेमा राजावादी प्रदर्शन उग्र, ब्यक्तिका घरहरु तोडफोड
काठमाडौं । काठमाडौंको तीनकुनेमा जारी राजावादी प्रदर्शन उग्र बनेपछि स्थिति तनावग्रस्त भएको छ। प्रदर्शनकारीहरूले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। प्रदर्शनकारीहरूले तीनकुने आसपासका केही घरहरूबाट प्रहरीको अश्रुग्यास प्रहार...
समाजवादी मोर्चाको नारा: ‘कुलमान जिन्दावाद’
काठमाडौं । समाजवादी मोर्चाले काठमाडौंको प्रदर्शनीमार्गमा गरेको विरोध सभामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा नाराबाजी गरिएको छ। प्रदर्शनमा सहभागीहरूले ‘कुलमान जिन्दावाद’ भन्दै सरकारको निर्णयको विरोध जनाएका हुन्। समाजवादी मोर्चाले भ्रष्टाचार, बेथिति, र सरकारको नीतिगत कमजोरीविरुद्ध खबरदारी...
तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच झडप, लाठीचार्ज र अँश्रुग्यास प्रयोग
काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा राजसंस्था समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रदर्शनकारीले प्रहरीको पहिलो सुरक्षा घेरा तोडेपछि सुरक्षाकर्मीले बल प्रयोग गर्दै लाठीचार्ज र अँश्रुग्यास प्रहार गरेका छन्। स्थिति तनावग्रस्त बन्दै गएपछि थप सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शनकारीले...
म्यानमारमा ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प
काठमाडौं । म्यानमार केन्द्रविन्दु भएर ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी जियोलोजिकल सर्वेले ७.७ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको हो। भूकम्पपछि म्यानमारको सडकमा मानिसहरू एकत्र भएका छन्। उक्त भूकम्पको धक्का थाइल्याण्डको राजधानीसम्म महसूस गरिएको छ।
ललितपुरमा बीवाईडी गाडी बिक्री गर्ने इको ईभी केयरलाई रोक
काठमाडौं । ललितपुरमा बीवाईडी ब्रान्डका विद्युतीय गाडी बिक्री गर्दै आएको इको ईभी केयर प्राली लाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गर्दै बिक्री वितरणमा रोक लगाएको छ। विभागले निरीक्षणपछि उपभोक्ता मूल्य अत्यधिक निर्धारण गरिएको निष्कर्ष निकाल्दै कम्पनीलाई कागजातसहित...
नेपाल माइक्रो इन्स्योरेन्सको शेयर अभौतिकीकरणका लागि त्रिपक्षीय सम्झौता
काठमाडौं । सिडिएससी एण्ड क्लियरिङ्ग हाउस लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडबीच अभौतिकिकरण प्रक्रिया सहज बनाउन त्रिपक्षीय सम्झौता भएको छ। चैत १५ गते सिडिएससीको पुतलीसडकस्थित कार्यालयमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौताअनुसार नेपाल...
बाणिज्य विभागद्वारा बजाज मोटरसाइकल बिक्रीमा रोक
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजाज मोटरसाइकल बिक्रीमा रोक लगाएको छ। विभागले चैत १४ गते बिहीबार बजाज मोटरसाइकलको बिक्री प्रबन्धक हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रा.लि. मा निरीक्षण गर्दा उपभोक्ता संरक्षण...
सिटिजन लाइफको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो। सभाले चुक्ता पूँजीको २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र १.४२०२२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको...
गभर्नर बन्ने दौडमा रहेका ज्ञानेन्द्र ढुंगानाको योग्यता शंकास्पद, अष्ट्रेलियाबाट स्नातकोत्तर गरेकै हुन् ?
काठमाडौं । चर्चित व्यापारी बिनोद चौधरीका लागि गभर्नर बन्ने दौडमा रहेको नबिल बैंकका निवर्तमान कार्यकारी निर्देशक ज्ञानेन्द्र प्रसाद ढुंगानाको शैक्षिक योग्यता शंकास्पद देखिएको छ । नेपाल राष्ट्र बैंकको गभर्नर पद यही चैत २३ गतेदेखि रिक्त हुँदैछ । रिक्त गभर्नर...
निर्माण क्षेत्रले लय समात्दैः बैंकहरुले बढाउँदै लगानी, कुनबाट कति कर्जा प्रवाह ?
काठमाडौँ । नेपालको निर्माण क्षेत्रले विस्तारै लय समात्न थालेको छ । केही वर्षयता आर्थिक मन्दीका कारण सुस्ताएको यो क्षेत्र अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिन थालेपछि पुनः सक्रिय हुन थालेको हो । ठूला पूर्वाधार परियोजनाहरू अघि बढ्न थालेसँगै निर्माण उद्योगले नयाँ...
नेपाल एसबिआई बैंकका ग्राहकलाई दुसित थानी रिसोर्ट र होटल क्रिष्टल पशुपतिमा छुट
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका डेबिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले दुसित थानी हिमालयन रिसोर्ट र होटल क्रिष्टल पशुपतिमा विशेष छुट सुविधा पाउने भएका छन्। यस सम्झौता अन्तर्गत बैंकका ग्राहकले रिसोर्टको खाद्य तथा पेय पदार्थ र अन्य सुविधाहरूमा...
काठमाडौंमा राजनीतिक प्रदर्शनका कारण चौतर्फी सवारी जाम
काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज आयोजना हुने राजनीतिक प्रदर्शनका कारण सवारी आवागमन प्रभावित भएको छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार राजधानीका केही मुख्य मार्गहरूमा बिहानैदेखि सवारी जाम बढेको हो । विशेषगरी तीनकुने र भृकुटीमण्डप क्षेत्रमा सवारी चाप बढेको...
गार्डियन माइक्रो लाइफको सञ्चालकमा ज्योति अग्रवाल र षष्टिका श्रेष्ठ नियुक्त
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा ज्योति अग्रवाल र षष्टिका श्रेष्ठ नियुक्त भएकीछिन् । कम्पनीको चैत ११ गते सम्पन्न भएको दोस्रो वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट उनीहरुलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा एक हजार ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च बन्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार...
प्रतिकित्ता ३२० रुपैयाँमा स्वरोजगार लघुवित्तको १२ हजार शेयर बिक्रीमा
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ हजार ७९४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर विद्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२० रुपैयाँ तोकिएको छ।...
एसईई दिने विद्यार्थी अलपत्र परे बालेनले उद्धार गर्ने
काठमाडौं । आज काठमाडौंमा राजावादी र गणतन्त्रवादीहरूको शक्ति प्रदर्शनका कारण एसईई दिएका विद्यार्थी अलपत्र परेमा काठमाडौंका मेयर बालेन शाहले उद्धार गर्ने भएका छन्। आज गणतन्त्रवादीहरूले भृकुटीमण्डप एरिया र राजावादीहरूले तीनकुने एरियामा विशाल जनप्रदर्शन गर्ने तयारी गरेका छन्। जसकारण आज...
नागरिक उड्ययन प्राधिकरणमा ११६ जना कर्मचारी माग (सूचना सहित)
काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले सहायकदेखि प्रबन्धकसम्मका पदहरूमा ११६ जना कर्मचारी माग गरेको छ। प्राधिकरणले प्रबन्धक १ जना, उपप्रबन्धक ४ जना, वरिष्ठ अधिकृत ५६ जना, अधिकृत ५ जना, वरिष्ठ सहायक १८ जना र सहायक पदमा ३२ जनाबाट दरखास्त...
प्रतिकित्ता १८५ रुपैयाँमा आइजीआई प्रुडेन्सियलको ८० हजार शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले ८० हजार कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८५ रुपैयाँ तोकिएको छ। खरीदकर्ताले बोलपत्र पेश...
प्रहरी चौकीका सई ३० हजार घुस सहित पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाटी बनगाई दुर्गौलिया प्रहरी चौकीका प्रहरी नायब निरीक्षक (सई) खिम बहादुर खड्कालाई ३० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ। सई खड्काले भारतबाट रुपन्देहीको दुर्गौलिया नाका हुँदै भन्सार छलेर अवैध रूपमा ल्याएको घरायसी...




















