आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो ।...


राजश्व उठाएर खर्च धान्न सकस पर्‍योः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारलाई राजस्व अभावका कारण आर्थिक व्यवस्थापनमा कठिनाइ भइरहेको बताएका छन्। उनले राजस्व संकलनले आवश्यक खर्च धान्न नसकेको भन्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संशोधन विधेयक ल्याउनुपरेको स्पष्ट पारे। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै...


नेपाल बैंक र वात्सल्य नेचुरल आईभिएफबीच छुट सम्बन्धी सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि.का विभिन्न स्थानहरुमा रहेका अस्पताल र क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । सो सम्झौता...


जगदम्बा मोटर्सले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गर्‍यो, यस्ता छन् विशेषता

काठमाडौँ । स्कुटर राइडिंगको अनुभवलाई नयाँ परिभाषा दिने लक्ष्यसहित, टीभीएस एनटर्ककोे नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि.ले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ स्कुटर यस्तो मेसिन हो जुन केवल गुड्दैन, मोहित...


आइतबार यी कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाए

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये ३१ वटाको मात्र शेयरमूल्य बृद्धि भएको छ । आज सामुदायिक लघुवित्तका लगानीकर्ता मालामाल बनेका छन् । नेप्से परिसूचक दोहोरो अंकले...


टिकेन नेप्सेको वृद्धिः कारोबारमा पहिरो जाँदा परिसूचक खुम्चियो, किन धेरै घट्यो विकास बैंक ?

काठमाडौँ । सात दिनसम्म लगातार ओरालो लागेको शेयर बजार एक दिन मात्रै हरियो देखिएर पुनः घट्ने क्रममा गएको छ । शुक्रबार दोहोरो अंकले बढेको बजार आइतबार पुनः ओरालो लागेको हो । लगानीकर्ताको मनोबल कमजोर रहँदा बजारमा स्थायित्व कायम हुन...


हिमालयन रि इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । आज कम्पनीको ५८ करोड ६६ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ...


बैंकिङ क्षेत्रमा डिजिटल रूपान्तरण प्रवर्द्धन गर्न सिबिफिन र काठमाडौं फिनटेकबीच साझेदारी

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र काठमाडौं फिनटेक प्रा.लि. (केएफ) बीच नेपाली बैंकिङ क्षेत्रमा डिजिटल परिवर्तन, नेतृत्व विकास, तथा सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले ऐतिहासिक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरिएको छ । सिबिफिन कार्यालय, सुन्धारामा भएको...


नेपाल धितोपत्र बोर्डद्वारा मुद्दती खातामा लगानी गर्न बैंकलाई आह्वान

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले लगानी योग्य रकमलाई मुद्दती खातामा लगानी गर्न इच्छुक ‘क’ वर्गका बैंकहरूलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ। बोर्डको लगानी नीति २०६७ अनुरूप बैंकहरूले एक वर्षे मुद्दती खातामा दिन सक्ने व्याज दरसहितको प्रस्ताव पेश गर्नुपर्नेछ।...


ठूला जलविद्युत् र सौर्य ऊर्जा आयोजना व्यवस्थापनमा सरकारको लचकता, नयाँ सुधार लागू

काठमाडौँ । सरकारले ठूला जलविद्युत् आयोजनाहरूलाई वित्तीय व्यवस्थापनका लागि थप दुई वर्षको समय प्रदान गर्ने निर्णय गरेको छ। विद्युत् विकास विभागले निर्देशिका संशोधन गर्दै १०० मेगावाटभन्दा माथिका आयोजना वित्तीय व्यवस्थापनको प्रक्रियामा रहने समयलाई ध्यानमा राखी अनुमतिपत्र अवधिमा लचकता अपनाएको...


शिखर इन्स्योरेन्सद्वारा २० वर्षको विश्वास सम्मिलित विषयगत फिल्म सार्वजनिक

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले २० वर्षको उत्सव मनाउँदै कम्पनीको विषयगत फिल्म सार्वजनिक गरेको छ । कम्पनीका अनुसार सो फिल्ममा ग्राहकहरूले कम्पनीप्रति राखेको लचिलोपन, विश्वास र उनीहरूको जीवनमा खुशी फिर्ता ल्याउन शिखर इन्स्योरेन्ससँगै गरेको यात्रालाई सुन्दर ढंगले चित्रण...


स्वास्थ्य बीमा सुधार प्रतिवेदनः बीमा कोष बलियो बनाउन सरकारको नयाँ रणनीति (पूर्णपाठसहित)

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री प्रदीप पौडेलले आम नागरिकलाई थप भार नपर्ने गरी स्वास्थ्य बीमा व्यवस्थित गर्न सकिने र त्यो बाटोमा सरकार लागिरहेको...


परिस्थिति ठीक गर्न धैर्यताका साथ लाग्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति ठीक गर्न धैर्यताका साथ लागि पर्ने बताएका छन्। आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘महिला नेतृत्व शिखर सम्मेलन’मा बोल्दै ओलीले योजनाका साथ सक्रियता र धैयर्तापूर्वक अघि बढिरहेको दाबी गरेका हुन्। ‘हामी योजनाहीन...


सबै मिलेर खान पाइरहेका भएर मात्र यो व्यवस्था उत्तम भएको होः ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले वर्तमान व्यवस्था जनताको हितमा भन्दा पनि सांसदहरुको व्यक्तिगत हितमा भएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले पछिल्लो १६ वर्षको इतिहासमा १४...


आईएमएफद्वारा ईसीएफ अन्तर्गत नेपाललाई ५.८१ अर्ब निकासा गर्ने, अर्थतन्त्र अझै मन्दीमै

काठमाडौँ ।  देशको आर्थिक अवस्था चुनौतीपूर्ण बन्दै गइरहेको बेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ)अन्तर्गतको पाँचौं किस्ता दिने निर्णय गरेको छ। यससँगै नेपालले पाँच अर्ब ८१ करोड रुपैयाँ (करिब चार करोड १८ लाख अमेरिकी डलर) प्राप्त...


नेपाल बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले लिइन् पद तथा गोपनियताको शपथ

काठमाडौं । नेपाल बीमा प्राधिकरणकी महिला सञ्चालक राधा पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् । आइतबार अर्थमन्त्रालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेल समक्ष सञ्चालक पोखरेलले सपथ ग्रहण गरेकी हुन् । शपथ ग्रहण कार्यक्रम पछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री...


दक्षिण अमेरिकामा विनाशकारी आँधी, कम्तीमा ३४ जनाले गुमाए ज्यान

काठमाडौं । दक्षिण अमेरिकाको विनाशकारी आँधीमा परि कम्तीमा ३४ जनाले ज्यान गुमाएका छन्। तीमध्ये आँधीमा परि मिसौरीमा १२ जनाले ज्यान गुमाएका छन् भने क्यान्ससमा आठ जनाको ज्यान गएको छ। उक्त विनाशकारी आँधीले दक्षिण–पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्‍याएको छ। कैयौं...


मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र ल्याउन ताकेता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ । निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना...


एलआइसी नेपालको सञ्चालकमा कोमल अग्रवाल

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले सञ्चालक समिति सदस्यमा कोमल अग्रवाललाई नियुक्त गरिएको छ । कम्पनी सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गरिरहेकी सञ्चालक कोमल अग्रवालको कार्यकाल फागुन २५ गते समाप्त भएकोमा कम्पनीको फागुन २६ गतेको बैठकको निर्णयले...


काठमाडौंमा फेरि बढ्यो टिप्पर आतंक

काठमाडौं । देशको राजधानी काठमाडौंमा टिप्पर आतंक फेरि मच्चिन थालेको छ। अनुशासन गुमाएका टिप्पर चालकहरुले अन्धाधुन्ध गाडी हाँक्दा राजधानी सहित देशका विभिन्न स्थानमा पछिल्ल्लो समय दुर्घटनामा परि ज्यान गुमाउनेहरूको संख्या बढ्दै गएको छ। शनिबार बिहान काठमाडौंको तीनकुनेमा टिप्परको ठक्करबाट...