भोलि देशभर सार्वजनिक बिदा

काठमाडौँ । वैशाख १८ गते बिहीबार देशभर सार्वजनिक बिदा दिइने भएको छ । श्रमिकहरूको सम्मानमा प्रत्येक वर्ष वैशाख १८ गते (मे १ तारिख) मनाइने विश्व मजदुर दिवसको अवसरमा सार्वजनिक बिदा दिइने सरकारको निर्णय छ । यस दिन देशभरका सरकारी...


सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको...


शिखर नगरपालिका-१ का अध्यक्ष बोगटी प्रहरी थुनामा नै बेहोस भएपछी….

काठमाडौँ । डोटीको दिपायलस्थित चर्चित वर्षा होटलमा सोमबार राति शिखर नगरपालिका–१ का वडाध्यक्ष दीपक बहादुर बोगटी र कांग्रेस निकट युवा शुभम बोगटीबीचको झगडाले उग्र रूप लिँदा वडाध्यक्ष थुनामै बेहोस भएका छन्। विवाद सोमबार राति होटल वर्षामा सुरू भएको हो,...


सर्वोच्च अदालतले गगन थापासँग अवहेलनासम्बन्धी मुद्दामा माग्यो लिखित जवाफ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गर्ने आदेश दिएको छ। अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्तिविरुद्ध दायर रिटबारे सर्वोच्च अदालतको भूमिकामाथि थापाले सार्वजनिक रूपमा प्रश्न उठाएको अभिव्यक्तिलाई लिएर...


सुन सिफारिसमा दस्तुर लिएको पाइए कारबाही हुने राष्ट्र बैंकको चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन खरिदका लागि संघ वा महासंघबाट व्यवसायीलाई दिइने सिफारिसमा कुनै पनि किसिमको दस्तुर वा शुल्क नलिन स्पष्ट निर्देशन दिएको छ। ‘सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८’ को दफा १४ मा आधारित रही...


झुट्टा प्रमाणपत्र पेश गरी शिक्षकमा जागिर, टिक मगर परे अख्तियारको फन्दामा

काठमाडौं । झुट्टा प्रमाणपत्र पेश गरी माध्यमिक तहमा नियुक्ति लिएको आरोपमा सिरहाको एक विद्यालयमा कार्यरत शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सिरहा जिल्लाको महावीर माध्यमिक विद्यालय, चैनपुरमा कार्यरत शिक्षक टिक बहादुर मगरले...


३० हजार घुससहित रंगेहात पक्राउ परेका सई खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । भारतबाट भन्सार छल्दै सामान ल्याउन दिने प्रलोभनमा सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा एक प्रहरी नायब निरीक्षक (सई) विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। रुपन्देहीको दुगौलिया प्रहरी चौकीमा कार्यरत सई खिमबहादुर खड्काविरुद्ध अख्तियार दुरुपयोग...


बजाजको पल्सर एन १२५ र एन १६० सार्वजनिक, आकर्षक डिजाइन र नयाँ फिचरसहित बजारमा प्रवेश

काठमाडौँ ।नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ बजाज पल्सर एन१६० र पल्सर एन१२५ नेपाली बजारमा सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा जारी ग्राण्ड कार्निभलमा सार्वजनिक यी दुई नयाँ मोडलहरूले पावर, प्रविधि, र...


राष्ट्रपतिले शुक्रबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले त्यससम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभासमक्ष वाचन...


एलओडी क्लब : नेपाली रात्री व्यवसायलाई विश्वमै चिनाएको सफल मोडल

काठमाडौं । ठमेलस्थित एलओडी क्लबले नेपाली रात्रीकालीन व्यवसायको प्रतिष्ठा विश्वसामु पुर्‍याउँदै ६ वर्षको छोटो अवधिमै ऐतिहासिक सफलता हात पारेको छ। ‘विश्वकै उत्कृष्ट १०० क्लब’ को सूचीमा ४४औं स्थानमा स्थान बनाउँदै एलओडीले नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा उजागर गरेको छ। सोमबार...


 प्रतिनिधि सभाबाट ‘भन्सार विधेयक, २०८१’ पारित

काठमाडौं । ‘भन्सार विधेयक, २०८१’ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । सभाको मङ्गलबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । मङ्गलबार विधेयकमाथिको सैद्धान्तिक छलफलपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले ‘भन्सार विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव...


भन्सारमा सर्वसाधारण र व्यवसायीलाई सहज बनाउने सरकारको काम हो, राजस्व छलि भने हुन दिँदैनौं : अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्रीले भन्सार विधेयक २०८० सम्बन्धमा प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै सरकारले राजस्व प्रणालीमा सुशासन कायम गर्ने र आम सर्वसाधारण तथा व्यवसायीलाई सहज हुने वातावरण बनाउने प्रतिबद्धता जनाएका छन्। उनले भने, ‘हामीसँग लामो अनुभव छ, त्यसैको आधारमा यो...


राष्ट्रपति ट्रम्पद्वारा अमेरिकी अटो उद्योगलाई राहत, विदेशी पार्टपुर्जाको ट्यारिफ घट्ने संकेत

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाडी उद्योगमाथि परेको ट्यारिफको असर कम गर्न केही आयात महसुल घटाउने तयारी गरेका छन्। उनले अमेरिकामा उत्पादन हुने गाडीहरूमा प्रयोग हुने विदेशी पार्टपुर्जामा लाग्ने केही शुल्क घटाउने निर्णय गर्न लागेका हुन्। वाणिज्य सचिव...


लुम्बिनीमा ‘स्मार्ट सेवा’को नाममा लापरबाही: करोडौंको विद्युतीय सवारी थन्किए, पाङ्ग्रा-एसी नचल्ने अवस्थामा

काठमाडौँ । बौद्ध दर्शनको जन्मस्थल लुम्बिनीलाई विद्युतीय र ‘स्मार्ट’ सेवा दिने नाममा सरकारले करोडौं लगानी गरेर ल्याइएका विद्युतीय बस र भ्यानहरू हाल थन्किएका छन् । कानुनी अस्पष्टता, व्यवस्थापकीय लापरबाही, अनधिकृत प्रयोग र मर्मत अभावका कारण ती सवारीसाधन सञ्चालनमा आउनै नसकेको...


गभर्नर नियुक्ति ढिलाइले अर्थतन्त्रमा असर, सांसद खतिवडाको सरकारलाई तत्काल नियुक्तिको माग

काठमाडौं । सांसद रामहरी खतिवडाले संसदमा बोल्दै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति नहुँदा अर्थतन्त्रमा नकारात्मक असर परेको बताएका छन् । उनले बजेट अधिवेशनको यो समयमा मौद्रिक नीति र वित्तीय नीतिको प्रभावकारी मूल्याङ्कन गर्नुपर्ने बेला गभर्नरको अभावले स्थिति जटिल बनेको...


बीमा बोर्डले विभिन्न अस्पताललाई ३७ अर्ब तिर्न बाँकी, स्वास्थ्य बीमा सङ्कटमा: मन्त्री प्रदीप पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा प्रणाली गम्भीर सङ्कटमा परेको बताएका छन् । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको १७औँ स्थापना दिवस तथा रक्त सञ्चार केन्द्र उद्घाटन समारोहमा उनले वर्तमान स्वास्थ्य बीमा प्रणाली नागरिकमा आधारित नबने...


बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यता, चाँदीको मूल्य...


टेस्लाको आम्दानी घटेपछि खर्च कटौती गर्ने टिम पछाडी हट्दै एलन मक्स

काठमाडौँ । वर्षको पहिलो तीन महिनामा कम्पनीको नाफा र राजस्व घटेपछि टेस्ला कम्पनीका प्रमुख एवम् अमेरिकी अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा आफ्नो भूमिका घटाउने बताएका छन् । मस्क ह्वाइट हाउसमा विशेष पदमा नियुक्त भएपछि विद्युतीय कार निर्माता...


ललितपुर महानगरले सामुदायिक विद्यालय भोलिबाट सञ्चालन गर्न निर्देशन

काठमाडौं। ललितपुर महानगरपालिकाले मातहतका सबै सामुदायिक विद्यालयलाई भोलि मंगलबार (१६ वैशाख) देखि नियमित रुपमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ। महानगरका प्रवक्ता राजु महर्जनद्वारा जारी सूचनामा सर्वोच्च अदालतको आदेशअनुसार विद्यार्थीहरूलाई शिक्षाबाट वञ्चित नगराउन विद्यालय सञ्चालन अनिवार्य रहेको उल्लेख छ।...


करिव १८ अर्ब अवैध कारोबार गर्ने २१ जना प्रहरीको फन्दामा

काठमाडौं । करिब १८ अर्ब अवैध वित्तीय कारोबार गर्ने २१ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनीहरूलाई विभिन्न ११ जिल्लाबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरूले अवैधरूपमा रकम भित्र्याइएको आरोप प्रहरीको छ। व्युरोका अनुसार २१ जनाले १७ अर्ब,...