उद्योग मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङ्गबीच शिष्टाचार भेट
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र पारस्परिक सहकार्यको सम्भावनाका विषयमा विस्तृत छलफल भएको छ । भेटका...
त्रिभुवन विमानस्थल वरपरका होटल र व्यवसायमा अनुगमन, तीन फर्मलाई सवा सात लाख जरिवाना
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर सञ्चालनमा रहेका होटल, कफी शप र इन्टरप्राइजेजहरूमा अनुगमन गरेको छ । विभागले अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण...
राजनीतिक दलका अखडा बन्दै के आई सिंहका विद्यालय, एसईई नतिजाले देखायो खस्किएको शैक्षिक स्तर
काठमाडौं । डोटी जिल्लाको के आई सिंह गाउँपालिकाको शैक्षिक सत्र २०८१ को एसईई नतिजा निराशाजनक रहेको छ । गाउँपालिकाको शिक्षा शाखाले सार्वजनिक गरेको विवरण अनुसार विद्यार्थीहरूको सुनौलो भविष्य मेरुदण्डको रुपमा हेरिएको एसईई परीक्षामा २३.८६ प्रतिशतमात्र विद्यार्थीले उत्तीर्ण भएका हुन्...
नाडा र यातायात विभागबीच छलफलः सवारी आयात निर्देशिका २०८२ को व्यावहारिकता सुनिश्चित गर्ने प्रतिबद्धता
काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसंग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको छ । विभागले सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सन्दर्भमा...
मुख्यसचिव अर्याल आफै अनुगमनमा
काठमाडौं । सरकारले सेवाप्रवाहमा देखिएका समस्या पहिचान र सुधारका लागि महत्वपूर्ण पहल गर्दै आएको छ। यसै क्रममा मुख्यसचिव एकनारायण अर्यालले मंगलबार आफैँ वैदेशिक रोजगार विभाग, राहदानी विभाग, उद्योग विभाग लगायतका विभिन्न सरकारी निकायहरूको अनुगमन गरेका हुन् । अनुगमनको क्रममा...
जोरायल गाउँपालिकाद्वारा पदाधिकारी सुविधा मार्फत साढे ५५ लाख खर्च, आर्थिक व्यवस्थापनमा प्रश्न
काठमाडौँ । डोटीको जोरायल गाउँपालिकामा आन्तरिक आम्दानीको अत्यधिक हिस्सा पदाधिकारी सुविधामै खर्च भएको पाइएको छ । महालेखा परीक्षकको २०८०/८१ को प्रतिवेदनले गाउँपालिकाको यस्तो खर्च प्रवृत्तिलाई औचित्यविहीन भन्दै आलोचना गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१...
पिउने पानीमा धोका! काठमाडौँमा ४४ वटा मापदण्डविपरीत जार जफत
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पिउने पानीको गुणस्तर जाँच गर्न गरेको अनुगमनका क्रममा मापदण्ड नपुगेका ४४ वटा पानी जार बरामद गरेको छ। महानगरको कृषि तथा पशुपन्छी विभागले गोङ्गबु बसपार्क क्षेत्रमा अनुगमन गर्दा कुच्चिएका, फुटेका र अपारदर्शी जार भेटिएपछि ती सबै...
नेपाल एरलाइन्स संकटमै, उड्डयन सुधार अलपत्र: मन्त्री पाण्डे नेतृत्वको एक वर्षमा नतिजा फितलो
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालयको नेतृत्व सम्हालेको एक वर्ष पुगिसक्दा समेत नेपाली उड्डयन क्षेत्रको अवस्था झन् बदतर बन्दै गएको छ । सुधारको भाषण र नारा छताछुल्ल छन्, तर कार्यान्वयन शून्य । मंगलबार सम्पन्न नेपाल एरलाइन्सको ६७औं...
व्यवसायी आन्दोलनकाबीच सुनको मूल्य उच्च बढ्यो, अब प्रतितोला कति ?
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदी कारोबारमा थप करको व्यवस्था गरेसँगै देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलित बनेका छन् । करका प्रावधान खारेजीको माग गर्दै व्यवसायीहरूले आन्दोलन चर्काउँदै लगेका छन् । यसबीच, नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई...
बतास परिवारको लगानीमा रहेको ‘बतास ट्रयाक्टर’ले गर्यो ९ महिनामै ४४ करोड आम्दानी
काठमाडौँ । बतास अर्गनाइजेशनद्वारा सञ्चालित बतास ट्रयाक्टरको आम्दानीमा उल्लेख्य सुधार आएको छ । आर्थिक वर्ष २०८०।०८१ मा २६ करोड २० लाख रुपैयाँमा झरेको आम्दानी चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो नौ महिनामै ४४ करोड ३० लाख रुपैयाँ पुगेको हो ।...
जगदम्बा मोटर्सले टीभीएसको नयाँ जुपिटर स्कुटर नेपाली बजारमा ल्याउँदै
काठमाडौँ । जगदम्बा मोटर्सले नेपाली बजारमा नयाँ स्कुटर सार्वजनिक गर्ने अन्तिम तयारी थालेको छ। भारतको लोकप्रिय टू–ह्वीलर ब्रान्ड टीभीएसको नेपालका लागि आधिकारिक वितरक कम्पनीले यो पटक पूर्णरूपमा नयाँ डिजाइन र फिचरमा आधारित ‘जुपिटर ११३’ स्कुटर ल्याउन लागेको हो। कम्पनीका...
६७ वर्षमा नेपाल एयरलाइन्स: गौरवको इतिहास, ५० अर्ब ऋणको बोझ
काठमाडौं । नेपालको राष्ट्रिय ध्वजावाहकका रूपमा स्थापित नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) आज आफ्नो स्थापनाको ६७ वर्ष पुरा गरी ६८ औं वर्षमा प्रवेश गरेको छ। सन् १९५८ जुलाई १ मा स्थापना भएको यो संस्थाले प्रारम्भमा २८ सिट क्षमतायुक्त डोग्लस...
मन्त्रालय साटफेर र मन्त्रीहरु परिवर्तन छिट्टै, एमालेबाट नयाँ गृहमन्त्री को ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनबाट स्वदेश फर्केको केही समयपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दल नेपाली कांग्रेससँगको मन्त्रालय बाँडफाँड परिवर्तन गर्ने भएका छन् । नेपाली कांग्रेसका प्रबक्ता डा. प्रकाशशरण महतले सरकारमा रहेर काम गरेका मन्त्रीहरुको नजिताको आधारमा...
उपभोक्ता संरक्षण विभागद्वारा १२ फर्मको अनुगमन, एकलाई जरिवाना
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ अनुसार १२ वटा उद्योग तथा फर्महरूको अनुगमन गरी आवश्यक निर्देशन तथा कारवाही गरेको छ। सोमबार असार १६ गते काठमाडौं महानगरपालिका भित्रका विभिन्न स्थानमा गरिएको...
आर्थिक विधेयकले कर छलीकर्तालाई इनामः सरकारको नियतमा शंका, शक्तिको आडमा कोकाकोलाको चलखेल
काठमाडौँ । कर छलीको मुद्दा खेपिरहेको बोटलर्स नेपाललाई फाइदा पुग्ने गरी सरकारले आर्थिक विधेयकमार्फत छुट दिने कानुनी व्यवस्था अघि बढाएपछि सरकारको नियतमाथि गम्भीर प्रश्न उठेको छ। अदालतमा मुद्दा विचाराधीन रहँदै दोषी कम्पनीलाई छुट दिन खोज्नु कर प्रशासन र सुशासनमाथि...
सिमेन्ट र डन्डीको मूल्य घट्यो, अब निर्माण खर्चमा ठूलो बचत
काठमाडौं । सिमेन्ट र डन्डीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार उद्योगीहरूले सिमेन्टको मूल्य प्रति बोरा करिब ५० देखि एक सय रुपैयाँसम्म र डन्डीको मूल्य प्रति केजी पाँच रुपैयाँसम्म घटाएका छन्। यस पछाडि...
बस टिकटमा डिजिटल फड्को: राज्य सुस्त हुँदा ‘बससेवा’ एप र वेबसाइटमार्फत यात्रु सुविधा पाउँदै
काठमाडौँ । विश्व डिजिटाइजेसनको युगमा अघि बढ्दै गर्दा नेपाल भने उही पुरानै ढुंगे युगमै रमाउन चाहिरहेको जस्तो भान हुन्छ । निजी क्षेत्रको पहल र नागरिकमा आएको प्रविधिप्रतिको चेतनाका कारण केही क्षेत्रमा प्रविधिको प्रयोग भए पनि राज्य स्तरबाट प्रविधिमार्फत लिन...
हवाई नीतिको नयाँ मस्यौदा सार्वजनिक, कस्तो छ नयाँ व्यवस्था ?
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १९ वर्षपछि हवाई नीति, २०८२ ल्याउनेगरी बहसको लागि मस्यौदा सार्वजनिक गरेको छ । मन्त्रालयकाअनुसार हवाई नीति, २०६३ जारी भएपछि सो क्षेत्रमा देखिएका परिवर्तन, उपलब्धिले सिर्जना गरेका नयाँ अवसर र समस्याको सम्बोधन...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यही असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकले १५ वटा निर्णय गरेका हुन् । बैठकले सार्वजनिक खरिद पुनरवलोकन समितिको अध्यक्षमा...
घाटामा गएका सरकारी उद्योग बेच्न सरकार सक्रिय, समृद्धिको सपना कि निजीकरणको चाल ?
काठमाडौं । सरकारले लामो समयदेखि बन्द रहेका चारवटा सरकारी उद्योगको बिक्री प्रक्रियालाई अघि बढाउने प्रयास सुरु गरेको छ । उद्योगहरूको सम्पत्ति मूल्यांकनका लागि परामर्शदाता नियुक्त गर्ने तयारी भइरहेको हो । जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी...



















