घट्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
विद्युत् आपूर्तिमा समस्या छैन, ‘लोडसेडिङ’ हुँदैन: प्राधिकरण
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले हाल सामाजिक सञ्जालमा फैलिएको लोडसेडिङसम्बन्धी हल्लाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्राधिकरणले आइतबार एक विज्ञप्ति जारी गर्दै विद्युत् आपूर्तिमा कुनै समस्या नरहेको र घरायसी ग्राहकका लागि लोडसेडिङको सम्भावना समेत नरहेको स्पष्ट पारेको हो। प्राधिकरणले...
अल्फा बिजनेसलाई २ लाख जरिवाना, अन्य फर्महरूलाई कागजातसहित उपस्थित हुन निर्देशन
काठमाडौँ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज मिति २०८२ साल वैशाख १४ गतेका दिन विभिन्न उद्योग तथा फर्महरूको अनुगमन गरी आवश्यक निर्देशन र कारवाही गरेको छ। विभागले अनुगमनबाट प्राप्त विवरण...
गगन थापाविरुद्ध अदालतको अवहेलनाको आरोपमा मुद्दा दायर
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ। अधिवक्ता अनन्त लुइँटेलले आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन्। लोकतन्त्र दिवसको अवसरमा वैशाख ११ गते आयोजित कार्यक्रममा थापाले संवैधानिक निकायका पदाधिकारीहरूसँग...
भारत र पाकिस्तानी सेनाबीच कश्मीरमा गोली हानाहान
काठमाडौँ । आणविक हतियार सम्पन्न प्रतिद्वन्द्वी राष्ट्रहरू भारत र पाकिस्तानबीचको सम्बन्ध विगत केही वर्षमा सबैभन्दा तल्लो तहमा पुगेका बेला विवादित कश्मीर क्षेत्रमा लगातार तेस्रो रातसम्म पनि दुबै देशका सेनाबीच गोली हानाहान जारी रहेको अधिकारीहरूले आइतबार बताएका छन्। भारतले पाकिस्तानमाथि...
शिक्षक र प्रहरीबीच झडप
काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप भएको छ । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै जारी आन्दोलनको २६ औं दिनमा शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको हो। शनिबार सरकारसँग भएको वार्ता निष्कर्षबिहीन भएपछि महासंघले आन्दोलनलाई निरन्तरता दिएको...
युबुकन एसिया २०२५ नेपालमा: नेपाली प्रविधि क्षेत्रका लागि ऐतिहासिक अवसर
काठमाडौं । आगामी साउनमा काठमाडौंमा एसिया क्षेत्रको सबैभन्दा ठूला खुला स्रोत प्रविधि सम्मेलनहरू मध्यको एक युबुकन एसिया २०२५, आयोजना हुने भएको छ । विश्वभरका प्रविधि विज्ञहरू सहभागी हुने यस सम्मेलनमा सिलिकन भ्याली, युरोप र एशियाका विभिन्न प्रविधि केन्द्रहरूबाट २०...
फर्जी कागजातबाट बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिबारे संसदमा प्रश्न, छानविनका लागि संसदीय समिति माग
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको सम्बन्धमा सिंगो नियुक्ती प्रक्रियाबारे संसदीय समिति बनाएर छानविन गर्नुपर्ने आवाज आजको प्रतिनिधि सभाको बैठकमा उठेको छ । हुम्लाबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद छिरिङ डम्दुल लामाले बीमा प्राधिकरणका अध्यक्षमा शरद ओझालाई...
प्राधिकरणका अध्यक्ष ओझाद्वारा नीतिगत भ्रष्टाचार, सरकारी कम्पनीलाई दुई अर्ब नोक्सान
काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले आफ्नो पहिलो निर्णय नै नीतिगत भ्रष्टाचार गरेका छन् । ओझाको अध्यक्षतामा यही बैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले बैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष (पुल) स्थापना तथा सञ्चालन सम्बन्धी...
पूर्वअर्थमन्त्री डा. महतद्वारा प्रधानमन्त्री ओलीकाे विराेध
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीको कार्यसम्पादनमा अपेक्षित प्रभावकारिता नदेखिएको टिप्पणी गरेका छन्। आइतबार प्रेस युनियन दाङद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महतले जनताका बढ्दो गुनासाहरूलाई सम्बोधन गर्ने काममा सरकार कमजोर देखिएको बताए। उनका...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य भने...
जापानमा रोजगारबारे अन्तरक्रिया, पूर्व तयारी अनिवार्य रहेको सरोकारवालाको सुझाव
काठमाडाैं । नेपालीहरूले जापानमा भोगिरहेका समस्या र समस्या समाधानमा सहजीकरणका लागि अभिभावक–विद्यार्थी अन्तरक्रिया गरिएको छ । छात्रवृत्ति, रोजगारीका अवसर, आर्थिक अभाव र बेरोजगार हुँदाका अवस्थामा संघ–संस्थाहरूले गर्ने आर्थिक र अन्य सहयोगबारे हानामिजुकी ट्रेनिङ प्रालिले छलफल आयोजना गरेको हो ।...
सरकारलाई डा. महतोको सुझाव : बजेट ल्याउँदा ‘जसको हात, उसैको जगन्नाथ’ नहोस्
काठमाडौं। जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद महतोले लोकतन्त्र प्राप्त भएको झण्डै दुई दशक व्यतित हुँदापनि जनताले आधारभूत सुविधा पाउन नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजबाट सुरु भएको बजेट अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका...
अब १४ महिनापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १४ महिनापछि आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्। शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। सरकार परिवर्तनको चर्चा चलिरहेको बेला सञ्चारकर्मीहरुले सोधेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री...
आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त परिचालन आवश्यक: अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र पूर्वधार परियोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त परिचालन आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधयेकको सैद्धान्तिक अवधारणा पेश गर्नुहुँदै...
नेपालमा एमसीसी परियोजना नरोकिने
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालनमा रहेका कार्यक्रमहरू यथावत् रुपमा अगाडि बढ्ने भएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सेनेगल, मंगोलिया, आइभोरी कोस्टसहित नेपालमा एमसीसी परियोजना रोकिने छैन। अमेरिकी प्रशासनको खर्च कटौती योजनाअनुसार...
७ दिन भित्र दर्ता गर्न नआए फेसबुक बन्द गर्ने चेतावनी
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल कम्पनी मेटालाई सात दिनभित्र नेपालमा दर्ता हुन अन्तिम चेतावनी दिएका छन्। उनले मेटाले तोकिएको म्यादसम्म पनि दर्ता नगरेको भन्दै अब थप समय नदिइने र दर्ता नभए प्रतिबन्ध...
सरकारले आन्दोलनरत शिक्षकहरूलाई पुनः संवादका लागि आग्रह, शिक्षामन्त्रीको वार्ताकाे निम्तो
काठमाडौं । लामो समयदेखि राजधानीका सडकमा आन्दोलनरत शिक्षकहरूलाई सरकारले फेरि छलफलमा बस्न आह्वान गरेको छ। चैत २० गतेदेखि आफ्नो मागप्रति सरकारको ध्यानाकर्षण गराउँदै आन्दोलनरत शिक्षकहरूलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्ताका लागि बोलाएका हुन्। दुई दिनअघि मात्र पदभार...
११ बजेर ५३ मिनेटमा सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । सिन्धुपाल्चोकको फुल्पिङकोट क्षेत्रमा आज शुक्रबार बिहान भूकम्पको हल्का झड्का महसुस गरिएको छ । बिहान ठीक ११ः५३ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोककै फुल्पिङकोटमा रहेको जनाइएको...
स्वदेश फर्किँदै देउवा दम्पती, सरकारको भविष्य संकटमा !
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा थाइल्याण्ड भ्रमणपछि आज स्वदेश फर्किने भएका छन्। देउवा उपचारको लागि थाइल्यान्ड गएका थिए भने राणा संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक एवम् सामाजिक आयोग (एस्क्याप)को...




















