निर्वाचन शान्तिपूर्ण भएपछि प्रधानमन्त्रीले गरिन् पशुपतिनाथमा रुद्राभिषेक पूजा
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्। प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप पूजा गरेको उनको सचिवालयले जनाएको छ। मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र...
रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीको शुभकामना
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई तथा शुभकामना पत्र पठाएको छ। सीपीसीले मंगलबार सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको प्रशंसा गर्दै उनीहरूको अगुवाइमा दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने...
निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयनमा आए अर्थतन्त्र सुध्रिन्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक सुधार र लगानीको वातावरण निर्माणका लागि निजी क्षेत्रले निरन्तर वकालत गरिरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित स्थिर सरकार र आर्थिक नीति सम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले...
प्रभु बैंकका कर्पाेरेट विभाग प्रमुख दिनेश डंगोल पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ्ग कसूर मुद्दामा प्रभु बैंक लिमिटेडका कर्पाेरेट र प्राजेक्ट फाइनान्स विभागको प्रमुख ५० वर्षीय दिनेश डंगोललाई पक्राउ गरेको छ। प्रभु बैंकका तत्कालीन सीईओ अशोक शेरचन समेत उपर अनुसन्धान भइरहेको बैंकिङ्ग...
आज घोडेजात्रा पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं । चैत कृष्ण औंसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौं उपत्यकाभर विविध कार्यक्रम सहित उल्लासपूर्वक मनाइँदैछ। यस अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ। परम्परागत रूपमा यो पर्व उपत्यकावासीको एक प्रमुख सांस्कृतिक चाडका रूपमा लिइन्छ। घोडेजात्राको मुख्य आकर्षण...
आयल निगममा भट्टको सेटिङ रोकिएन, आधा सिलिण्डर ग्याँसमा कमिशनको खेल
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्ट भर्खरै सम्पन्न भएको निर्वाचनपछि पनि सेटिङमै व्यस्त छन् । नेपाली कांग्रेसबाट सेटिङमा आयल निगमको कार्यकारी निर्देशक बनेका भट्ट अहिले पनि कमाउने दाउमा व्यस्त छन् । पछिल्लो पटक ग्याँसको कालोबजारीमा...
रोल्पामा चट्याङ लागेर एक महिलाको मृत्यु
काठमाडौं । रोल्पाको सुनिलस्मृति गाउँपालिकामा आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। सोमबार दिउँसो परेको चट्याङबाट सुनिलस्मृति गाउँपालिका(७, तेवाङ भैसीपुरे निवासी २४ वर्षीया कृष्णा पुनको ज्यान गएको हो। बाहिर मौसम खराब भएकाले उनी आफ्नै घरमै...
सिडियो कार्यालयले चितवनले यी व्यक्तिलाई दिनेछ ग्यास
काठमाडौं । देशभर खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहँदा चितवनमा ज्येष्ठ नागरिक, अपाङ्गता र विद्यार्थीका लागि स्थानीय प्रशासनले ग्यासको व्यवस्था गरिदिने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै ७५ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिक, पूर्ण रुपले अशक्त...
यातायात क्षेत्रमा सर्वोच्च अदालतको आदेश कार्यान्वयनसम्बन्धी जाँचबुझ आयोगले बुझायो प्रतिवेदन
काठमाडौं। सर्वोच्च अदालतको आदेश कार्यान्वयनसम्बन्धी यातायात क्षेत्रको प्रतिवेदन गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाएको छ । यातायात क्षेत्रमा सर्वोच्च अदालतले दिएका आदेशहरू कार्यान्वयनको अवस्था, विद्यमान समस्याहरू र आवश्यक सुधारका लागि सुझावसहितको प्रतिवेदन सोमबार जाँचबुझ आयोगले बुझाएको हो । मन्त्रिपरिषद्को गत मंसिर...
समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई यही चैत ५ गते बिहीबार प्रमाणपत्र वितरण गर्ने भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार यही चैत ५ गते बिहान ११ः३० बजे आयोग परिसरमा निर्वाचित भएको...
मंगलबारपनि हावाहुरीसँगै हल्का वर्षा हुन सक्ने
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजपनि केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार अपराह्नपछि देशका केही स्थानहरू हावाहुरीसहित मेघ गर्जनको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई...
पाकिस्तानको हवाई आक्रमणमा ४०० जना अफगानीको मृत्यु
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित लागूऔषध प्रयोगकर्ताहरूको उपचार हुने एक अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गरेको छ । सो आक्रमणमा परी कम्तीमा ४०० जनाको मृत्यु भएको छ भने २५० भन्दा बढी घाइते भएका छन्। तालिबान सरकारका उपप्रवक्ता हम्दुल्लाह फितरतका अनुसार...
लिबर्टी माइक्रो लाइफको लघुजीवन बीमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवा विस्तार तथा जीवन बीमा जागरण अभियान अन्तर्गत गण्डकी प्रदेश, भिमाद नगरपालिका वडा नम्बर ३ मा ‘स्थानीय सरकारसंगको समन्वयमा लघुजीवन बीमा अन्तरक्रिया तथा छलफल कार्यक्रम’ मिति २०८२/११/२८ गतेका दिन सम्पन्न गरेको...
क्यानडा पठाइदिन्छु भन्दै २७ लाख ठगी गर्ने महिला पक्राउ
काठमाडौं । क्यानडामा आकर्षक तलबमा काम गर्न पठाइदिन्छु भन्दै प्रलोभनमा पारेर रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुर भीमदत्त नगरपालिका–१८ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ९ बस्ने ५१ वर्षीय गीता भण्डारी...
टंगाल माविका विद्यार्थीलाई नबिल बैंकद्वारा वित्तीय साक्षरता प्रशिक्षण
काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा टंगाल माध्यमिक विद्यालयमा अध्ययनरत ‘प्लस टू’ सम्मका विद्याथीहरूलाई वित्तीय साक्षरता प्रशिक्षण प्रदान गरेको छ। बैंकको मालिगाउँ शाखा कार्यालयले चैत २ गते काठमाडौंको टंगालस्थित उक्त विद्यालयमा अध्ययनरत करीब ४०...
नलिन्चोक हेलिपोर्ट भ्रष्टाचार मुद्दाका प्रतिवादीलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन
काठमाडौं । नलिन्चोक हेलिपोर्ट निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको थुनछेक आदेश त्रुटिपूर्ण भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन वरिष्ठ अधिकृत तथा हाल उप–प्रबन्धक समृद्धि श्रेष्ठसहितका प्रतिवादीहरूले...
नागरिक लगानी कोष र काठमाडौं विश्व विद्यालयबीच उपदान कोष सञ्चालन सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष व्यवस्था एवम् सञ्चालनसम्बन्धी सम्झौता भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्लेसमेतको उपस्थितिमा सोमबार भएको उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विश्वविद्यालयका तर्फबाट प्रा.डा.राजीव श्रेष्ठले...
ससीला मोटर्स र ओम्नीबीच सहकार्यः दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने
काठमाडौं । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र चेरी वान्डा बसको नेपालमा बिक्री–वितरणका लागि ससीला मोटर्स र ओम्नी (काबरा) ग्रुपबिच सहकार्य भएको छ। दुई कम्पनीबच भएको सम्झौताअनुसार अब ओम्नी (काबरा) ग्रुपले यी सवारीसाधन नेपालभर आधिकारिक रूपमा बिक्री–वितरण...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति
काठमाडौं। खाडी क्षेत्रमा देखिएको युद्ध र त्यसका कारण विश्व बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएकोप्रति नेपाल ट्रक यातायात व्यवसायी महासंघले आपत्ति जनाएको छ। महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले जारी गरेको विज्ञप्तिमा हालको मूल्यवृद्धिले यातायात...
काठमाडौंमा भिषण पानी र हुरीबतास
काठमाडौं । काठमाडौं उपत्यकामा भिषण पानी पर्नुका साथै हुरीबतास चलिरहेको छ । सोमबार बेलुका ५ बजेदेखि पानी पर्न सुरु भएको हो । काठमाडौंसहित देशका विभिन्न जिल्लाहरुमा पानी पुर्नुका साथै हुरीबतास चलिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...



















