सेनाको अपरेसनमा २७ जना पक्राउः ३३ लाख ७० हजार नगदसहित हतियार बरामद
काठमाडौं । नेपाली सेना तथा अन्य सुरक्षा निकाय परिचालन भएपश्चात देशभरि भएका लुटपाट, आगजनी र तोडफोडमा संलग्न २७ जना पक्राउ परेका छन्। नेपाली सेनाले जारी गरेको सूचनामा भदौ २४ गते राति १० बजेदेखि परिचालन गरिएको सुरक्षाकर्मीहरूले २५ गते बिहान...
८ अर्बको लगानीमा बनेको पाँचतारे होटल हिल्टन आगजनीमा खरानी
काठमाडौं । करिब ८ अर्ब रुपैयाँको लगानीमा निर्माण गरिएको नक्सालस्थित पाँचतारे होटल हिल्टन भीषण आगलागीमा परी पूर्णरुपमा ध्वस्त भएको छ। हिजो भएको जेन जी आन्दोलनकै क्रममा आगजनी हुँदा होटल जलेर खरानी बनेको हो। शंकर समूहले निर्माण गरेको यो होटल...
देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी
काठमाडौं । देशभर नेपाली सेनाले कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म जारी रहने जनाएको छ। सेनाले एक विज्ञप्ति जारी गर्दै कर्फ्यू भोलि बिहान ६ बजेसम्म कायम रहने र त्यसपछि परिस्थितिको मूल्यांकन गरेर थप निर्णय लिइने जनाएको हो। सेनाले हालको...
बैंक, सुपरमार्केट र होटल लुटपाट गर्ने २६ जना पक्राउ
काठमाडौं । नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाउँदै राजधानीका विभिन्न स्थानमा लुटपाटमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। सेनाले काठमाडौं र भक्तपुरका विभिन्न इलाकाबाट गरी २६ जनालाई पक्राउ गरेको जनाएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भक्तपुरको राधेराधे...
विना काम बाहिर ननिस्किन सर्वसाधारणहरूलाई सेनाको आग्रह
काठमाडौं । सेनाले राति देखि सुरक्षा दिइरहेको छ । सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ । आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ । प्रदर्शनकारीले आगो लगाएको सरचनामा अझै...
सर्वोच्च अदालतमा अझै बलिरहेको छ दनदनी आगो
काठमाडौं । सर्वोच्च अदालत मंगलबार लागेको आगो अझै निभेको छैन। काठमाडौंमा सोमबारदेखि मंगलबारसम्म भएको प्रदर्शन क्रममा मंगलबार प्रदर्शनकारीहरूले सर्वोच्च भित्रै छिरेर आगजनी गरेका थिए। बुधबार बिहान सर्वोच्च अदालत आसपास पुग्दा त्यहाँका भवनहरूबाट धुवाँ उँडिरहेको थियो। सर्वोच्च परिसरमा गाडीहरू जलेर...
काठमाडौंको उपत्यका नेपाली सेनाको नियन्त्रणमा, सिंहदरबारमा सेनाद्वारा आगो निभाउने कार्य जारी
काठमाडौं । जेनजी आन्दोलनपछि यतिवेला काठमाडौं उपत्यका नेपाली सेनाको नियन्त्रण रहेको छ । नेपाली सेनाले पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै देशको सार्वभौमसत्ता, स्वाधिनता र नेपाली एकतालाई कायम राख्दै नेपाली जनतालाई सुरक्षा दिरहेको हो । काठमाडौंका हरेक गल्ली र सडकहरुमा...
शान्ति सुरक्षा कायम गर्न नेपाली सेना परिचालन गर्ने प्रधानसेनापतिको निर्णय, तत्कालै राजधानी नियन्त्रणमा लिने
काठमाडौं । नेपाली सेनाले राजधानीसहित देशभैरिका सुरक्षा व्यवस्थामा गम्भिर चुनौति आएको भन्दै सेना परिचालन गर्ने निर्णय गरेका छन् । आन्दोलनको क्रममा लूटपाट मच्चिएको भन्दै प्रधान सेनापति अशोक सिग्देलले देशको शान्ति सुरक्षा कायम गर्न र लुटपाट मच्चिन नदिन नेपाली सेना...
‘जेन जी’ द्वारा एनसेलको कार्यालयमा आगजनी
काठमाडौँ । लैनचोरमा रहेको एनसेलको प्रधान कार्यालयमा समेत आगजनी भएको छ । आज बिहानदेखि आक्रोशित जेन जी युवाहरुले एनसेलमा आगजनी गरेका हुन् । अहिले सो कार्यालय जलेर ध्वस्त भइरहेको छ ।
रवि लामिछानको अपिलः सरकारी सम्पत्तिको रक्षा गरौं, भ्रष्टाचारीलाई जेल हाल्न प्रमाण चाहिन्छ
काठमाडौं । रास्वपा सभापति रबि लामिछानेले आन्दोलनकारी जेनजी युवाहरुलाई सरकारी सम्पत्तिको रक्षा गर्न अपिल गरेका छन् । उनले भ्रष्ट व्यक्तिहरुलाई जेल चलान गर्नको लागि प्रमाण आवश्यक पर्ने भएकाले सरकारी अभिलेख भएका तथा सम्पूर्ण सरकारी सम्पत्तिको रक्षा गर्न आग्रह गरेका...
कान्तिपुर पब्लिकेसनको भवनमा आगजनी, समाचार प्रकाशन बन्द
काठमाडौँ । काठमाडौँस्थित कान्तिपुर पब्लिकेसनको कम्प्लेक्समा जेन जी समूहका केही युवाहरुले आगजनी गरेका छन्। आक्रोशित समूहले आज काठमाडौँका विभिन्न सरकारी निकायमा समेत आगजनी गरेका छन्। सो घटनामा कान्तिपुर पब्लिकेसनको भवनमा क्षति पुगेको छ भने हाल समाचार प्रशासन बन्द रहेको...
कोटेश्वरमा जेनजी प्रदर्शनकारीको आक्रमण, ३ जना प्रहरीको मृत्यु
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा काठमाडौँको कोटेश्वर प्रहरी प्रभागमा भएको आक्रमणमा ३ जना प्रहरीको मृत्यु भएको छ । प्रदर्शनकारीहरूले प्रभागमा आगजनी गरेपछि प्रहरीमाथि हमला गरिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आक्रमणका क्रममा केही प्रहरीहरूलाई नियन्त्रणमा...
त्रिवि शिक्षण अस्पतालमा ३३ प्रदर्शनकारी भर्ना, पाँचको अवस्था गम्भीर
काठमाडौँ । मंगलबारको ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका ३३ जना प्रदर्शनकारीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि भर्ना गरिएको छ । राजधानीका विभिन्न स्थानमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपपछि उनीहरूलाई अस्पताल ल्याइएको हो । अस्पताल प्रशासनका अनुसार भर्ना भएकामध्ये...
जेन-जी आन्दोलनका क्रममा विराटनगरको भाटभटेनीमा लुटपाट र तोडफोड
काठमाडौँ । जेनजी आन्दोलन तीव्र बन्दै जाँदा विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा आक्रोशित समूहले लुटपाट गरेका छन् । सरकारी कार्यालय र नेताका घरलाई लक्षित गर्दै आगजनी गरिरहेको भीडले मंगलबार भाटभटेनीमा पसि सामान लुटपाटसँगै तोडफोड गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । लुटपाट भएको...
निजामती अस्पतालमा तीन प्रदर्शनकारीको मृत्यु
काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएर उपचाररत तीन प्रदर्शनकारीको निजामती अस्पतालमा मृत्यु भएको छ । मंगलबारसम्म विभिन्न स्थानबाट १९० जना घाइते उपचारका लागि ल्याइएका थिए । उपचारकै क्रममा तीन जनाले ज्यान गुमाएको छ। दुई जनालाई थप उपचारका लागि...
जेनजी विद्रोहबारे राष्ट्रपति पौडेलको आपिल : वार्तामार्फत समाधान खोजौँ
काठमाडौँ । जारी जेनजी विद्रोहले मुलुक अशान्त बन्दै जाँदा राष्ट्रपति रामचन्द्र पौडेलले संयमता अपनाउँदै वार्तामा आउन आन्दोलनरत युवापुस्तालाई अपिल गरेका छन् । राष्ट्रपति पौडेलले लोकतन्त्रमा नागरिकका मागलाई संवादमार्फत समाधान गर्ने परम्परा रहेको उल्लेख गर्दै भनेका छन्, ‘लोकतन्त्रमा नागरिकले उठाएका...
चितवनमा रहेको प्रचण्डको घरमा जेनजीले लगाए आगो
काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ को भरतपुर, चितवनमा रहेको घरमा आगलागी भएको छ । चितवनमा रहेका जेनजी युवाहरुले पूर्वप्रधानमन्त्री प्रचण्डको घरमा आगो लगाएका हुन् । देशको पछिल्लो अवस्था निकै तनावग्रस्त बन्न पुगेको छ ।...
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको घरमा आगजनी
काठमाडौँ । जेनजी आन्दोलन तीव्र बन्दै जाँदा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको घरमा पनि आक्रोशित प्रदर्शनकारीले आगजनी गरेका छन् । राजधानीको टोखास्थित उनको निवास अगाडि भेला भएका युवाहरूले नाराबाजी गर्दै घरभित्रै आगो लगाएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । आगलागीपछि घर वरिपरि धुवाँको...
नेपाली सेनाको पहलमा बालेन, रबि र जेनजीबीच वार्ता सुरु
काठमाडौं । नेपाली सेनाको पहलमा बालेन, रबि लामिछाने र जेनजीबीच प्रधानसेनापतिको कार्यालयमा बार्ता सुरु भएको छ । देशको पछिल्लो तनावपूर्ण राजनीतिक अवस्थालाई मध्यनजर गर्दै नयाँ सरकार गठनको लागि उनीहरुबीच बार्ता सुरु भएको हो । बालेन र नेपाली सेनाले सार्वजनिक...
नक्सालमा रहेको भाटभटेनीमा ‘जेन-जी’ को आगजनी
काठमाडौँ । राजधानी नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा मंगलबार दिउँसो जेन जी प्रदर्शनकारीले आगजनी गरेका छन् । आक्रोशित समूहले मिन बहादुर गुरुङद्वारा सञ्चालित उक्त मार्टमा प्रवेश गरी आगो लगाएका हुन् । आगलागीका कारण मार्टको तल्लो तर्फको भागमा ठूलो क्षति पुगेको प्रारम्भिक...


















