सरकारी कागजात किर्ते गरेर सम्पत्ति जोगाउने खेल, अख्तियारको जालमा परे कार्की र तिवारी
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात किर्ते गरी गलत लिखत तयार गरेको आरोपमा दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार याम कुमार कार्की र डा. भाइकाजी तिवारीको आपसी मिलेमतोमा नक्कली पत्र तयार गरी प्रयोगमा ल्याइएको...
भरत खड्का सार्वजनिक लेखा समिति सभापतिमा निर्विरोध चयन
काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापतिमा नेपाली कांग्रेसका सांसद भरत खड्का निर्विरोध चयन भएका छन् । उम्मेदवारी दर्ताका क्रममा उनको मात्रै नाम परेपछि प्रक्रिया औपचारिकतामा सीमित भएको हो । शुक्रबार बसेको बैठकले खड्का निर्विरोध निर्वाचित भएको घोषणा...
नौ महिनामा ४१ अर्बभन्दा बढी विदेशी लगानी प्रतिबद्धता, ६१५ परियोजनामा २२ हजारले रोजगारी पाउने
काठमाडौँ । पछिल्लो समय मुलुकभित्र वैदेशिक लगानी प्रतिबद्धता उल्लेखनीय रूपमा बढेको छ। उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा मात्रै ४१ अर्ब रुपैयाँभन्दा बढी बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ। साउनदेखि चैत मसान्तसम्मको अवधिमा कुल ६१५ परियोजनाका...
विद्युत प्राधिकरणले उद्योगीलाई बक्यौता तिर्न पठायो पत्र
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको महसुलअन्तर्गत बाँकी बक्यौता तिर्न उद्योगीहरूलाई पत्राचार गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार करिब १९ वटा उद्योगलाई एक साताअघि नै किस्ताबन्दीमार्फत बक्यौता भुक्तानी गर्न आग्रह गर्दै पत्र पठाइएको हो। उनले...
सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी...
हाइब्रिड सवारीसाधन सम्बन्धी प्राविधिक तालिम काठमाडौंमा सम्पन्न
काठमाडौं । काठमाडौंमा हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा र मर्मतसम्भारसम्बन्धी प्राविधिक तालिम सम्पन्न भएको छ। नाइमाको समन्वयमा आयोजित उक्त तालिम टोयोटाका नेपालका आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा. लि. को प्राविधिक सहयोगमा केन्द्रीय कार्यालयमा सञ्चालन गरिएको हो। तालिममा प्राविधिक शिक्षा...
गृहमन्त्री गुरुङ र कोरियाली राजदूत भेट: सुरक्षा सहकार्य विस्तारदेखि साइबर ब्यूरो सुदृढीकरणसम्म छलफल
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताय योङबीच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार गृह मन्त्रालयमा भएको भेटमा राजदूत योङले गृहमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिए । सो अवसरमा नेपाल–कोरियाबीचको...
उपत्यका विकास प्राधिकरणका तत्कालीन आयुक्त तिवारीविरुद्ध साढे १० करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त डा. भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गर्दै तिवारीले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको...
बाइक-स्कुटर साटेर टियागो ईभी चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै नेपालको टाटा मोर्टसका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिंगले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । ‘स्विच टु टियागो इभी’ नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर...
डिजिटल सेवाबाट घरदैलोमै सरकार: अर्थमन्त्री वाग्लेको आर्थिक सुधार र रूपान्तरणको स्पष्ट रोडम्याप
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार सेवा प्रवाह सुधार र आर्थिक सुधारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको बताएका छन्। बिहीवार अर्थ मन्त्रालयमा आयोजित अन्तरसरकारी वित्त परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले नागरिकलाई सहज सेवा दिन डिजिटल माध्यमलाई प्राथमिकता दिइएको उल्लेख...
एफवानसफ्ट इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त
काठमाडौं । एफवानसफ्ट इन्टरनेशनलले २२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सनत कुमार पौडेललाई कम्पनीको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको घोषणा गरेको छ । पौडेलले सह–संस्थापक तथा निर्देशक सुबास शर्मापछि सीईओको जिम्मेवारी सम्हाल्नेछन् । शर्माले एक दशकभन्दा बढी समय...
अख्तियारको कदमले पुँजी बजार तरंगितः राताम्य बन्यो लगानीकर्ताको लगानी, किन छन् त्रसित ?
काठमाडौँ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रका व्यावसायिक गतिविधिहरूमा समेत सुशासन र पारदर्शिता सुनिश्चित गर्न छानबिन तथा नियमनको दायरा विस्तार गर्ने तयारी सार्वजनिक गरेपछि सेयर बजारमा सोमबार तीव्र गिरावट देखिएको छ । बजार खुलेसँगै लगानीकर्तामा बढेको अनिश्चितता...
डोटीबाट निर्वाचित सांसद भरत खड्का लेखा समिति सभापति
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापति पदका लागि उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले समितिको सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि प्रतिपक्षमा रहेका दलहरूले लेखा समिति सभापति पद...
रास्वपाद्वारा संसदीय समितिका सभापतिका उम्मेदवार टुंगो, लेखा समिति प्रमुख प्रतिपक्षी दललाई
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिका सभापतिका उम्मेदवार टुंगो लगाएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिका उम्मेदवार तय गरेको हो । सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी दललाई दिने...
व्यवसायी महासंघको अर्थमन्त्रीसँग भेट, साना व्यवसायीका समस्या समाधान र सहज कर्जाको माग
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उद्योगी–व्यवसायीका समस्याप्रति ध्यानाकर्षण गराएको छ । महासंघले बैंक तथा वित्तीय क्षेत्रमा रहेको तरलता साना व्यवसायीसम्म पुग्ने व्यवस्था गर्न माग गरेको छ । विशेषगरी तीन प्रतिशत ब्याजदरमा बिना धितो...
दिपायल सिलगढीमा शैक्षिक सुधारका लागि युवाहरूको पहल: एकीकृत छात्रवृत्ति प्रणाली र समिति गठनको प्रस्ताव
काठमाडौँ । दिपायल सिलगढी नगरपालिकाको शैक्षिक क्षेत्रलाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यसहित स्थानीय युवाहरूको समूह ‘जेन–जी’ ले नयाँ शैक्षिक सुधार अभियान अघि सारेको छ। नगरभित्रको शैक्षिक प्रणालीमा देखिँदै आएका चुनौतीहरूलाई सम्बोधन गर्दै विशेषगरी छात्रवृत्ति वितरण प्रक्रियालाई एकीकृत र...
हुन्डाई ब्रान्डका ४ मोडलमा प्राविधिक त्रुटि रहेको स्वीकार, ३ लाख सवारी फिर्ता
काठमाडौँ विश्वप्रसिद्ध अटोमोबाइल कम्पनी हुन्डाईले आफ्ना केही अत्याधुनिक मोडेलहरूमा देखिएको गम्भीर सुरक्षाजन्य त्रुटिलाई स्वीकार गर्दै ठूलो स्तरमा सवारी फिर्ता (रिकल) गर्ने निर्णय गरेको छ। प्राविधिक त्रृटि स्वीकार गरेसँगै कम्पनीले सन् २०२६ अप्रिल १० मा ३ लाख सवारीसाधन सुरक्षा जाँचका...
एक महिना नबित्दै हेटौँडा सिमेन्ट उद्योग पुनः बन्द
काठमाडौँ । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव देखाउँदै आज बिहानदेखि सिमेन्ट उत्पादन पूर्ण रूपमा रोकिएको छ। करिब एक महिनाअघि मात्र नियमित रूपमा सञ्चालनमा आएको उद्योग पुनः कोइला आपूर्तिमा समस्या देखिएपछि बन्द गर्न बाध्य भएको हो। आवश्यक कच्चा पदार्थको अभाव...
दुर्गा प्रसाईंको अस्पताललाई ६५ करोड ऋण दिन चार बैंक तथा वित्तीय संस्थालाई अदालतको आदेश
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सम्बन्धित पूर्वाञ्चल क्यान्सर हस्पिटललाई थप ६५ करोड रुपैयाँ कर्जा उपलब्ध गराउन जिल्ला अदालत झापाले बैंक तथा वित्तीय संस्थाहरूलाई आदेश दिएको छ। अस्पतालले पूर्व सहमति अनुसार कर्जा नपाएको भन्दै दायर गरेको रिट निवेदनमा न्यायाधीश...
सुदूरपश्चिममा स्वास्थ्य बीमा: नाम मात्रै बढ्यो, नवीकरण घट्यो
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रमको पहुँच विस्तार भए पनि यसको निरन्तरता भने चुनौतीपूर्ण बन्दै गएको देखिएको छ। स्वास्थ्य बीमा बोर्डका अनुसार प्रदेशको कुल २६ लाख ९४ हजार ७८३ जनसङ्ख्यामध्ये २६ प्रतिशत अर्थात् सात लाख तीन हजार ९०५...



















