रसुवा बाढीका कारण देशभरका मुख्य राजमार्ग प्रभावित, यी सडकखण्डमा आवतजावत पूर्ण बन्द

काठमाडौं । रसुवामा तिब्बतबाट आएको भीषण बाढीका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। बाढी, पहिरो तथा सडकमा लेदो जम्दा विभिन्न राजमार्ग र सडकखण्डमा सवारीसाधनको आवतजावत पूर्ण रूपमा रोकिएको छ। नागढुंगादेखि मुग्लिन सडकमा बाढीबाट हुने सम्भावित जोखिमका कारण...


सर्लाहीमा ७ लाख ५० हजार घुससहित पक्राउ परेका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका दुई कर्मचारीविरुद्ध ७ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार कार्यालयकी डिभिजन प्रमुख अनुपमा ढकाल र...


रसुवा बाढीमा १५७ जनाको शव फेला, खोजी तथा उद्धार कार्य जारी

काठमाडौं । रसुवामा आएको भीषण बाढीमा परी कम्तीमा १५७ जनाको ज्यान गएको छ भने आज पनि खोजी तथा उद्धार कार्य जारी रहेको छ। प्रहरीले दिएको भदौ १० गते राति ११ बजेसम्मको अद्यावधिक विवरण अनुसार कम्तीमा १५७ जनाको ज्यान गएको...


रसुवाको भोटेकोशीमा बाढी: ४४ सैनिक सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको अचानकको बाढीमा परी नेपाली सेनाका ४४ जना सम्पर्कविहीन भएका छन् । जङ्गी अड्डाका अनुसार बाढीपछि ४४ जना सैनिक हालसम्म सम्पर्कमा आएका छैनन् । सम्पर्कविहीन सैनिकहरू लाङटाङ राष्ट्रिय निकुञ्ज तथा विभिन्न जलविद्युत् आयोजनाको सुरक्षार्थ...


पूर्वराजा ज्ञानेन्द्रको आह्वान: ‘उद्धार र राहतमा एकजुट हौं, क्षति न्यूनीकरणमा त्रिदेशीय प्रयास गरौँ’

काठमाडौँ ।  पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढी भोटेकोशी र त्रिशूली नदीमा प्रवेश गरेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका जलतटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले बाढीका कारण...


रसुवाको भोटेकोशीमा बाढी : ११४ जनाको हवाई उद्धार

काठमाडौँ ।  रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छ्न। नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार...


माछापुच्छ्रे बैंकको टिमुरे शाखा पूर्णरूपमा क्षतिग्रस्त, ४ कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले रसुवाको टिमुरे बजारमा रहेको माछापुच्छ्रे बैंकको शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको छ । बाढीका कारण टिमुरे बजार नै बगाएपछि बैंकको शाखा कार्यालयसमेत पूर्णरूपमा क्षति भएको बैंकले जनाएको छ । शाखामा चार जना कर्मचारी...


बाढीपीडितका लागि भारत–चीनको सहयोग, विश्व बैंकले २५ अर्बसम्म आपतकालीन सहायता दिने

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्। बाढीको समाचार बाहिर आए लगत्तै विहान १०.३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक...


भोटेकोशी बाढीपछि २९१ विदेशी नागरिकसहित ३८४ पर्यटक सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको अचानकको भीषण बाढीपछि २९१ विदेशी नागरिकसहित ३८४ जना पर्यटक तथा पदयात्री सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। नेपाल पर्यटन बोर्डको दोस्रो स्थिति अपडेटअनुसार प्रभावित क्षेत्रमा काम गरिरहेका पर्यटन तथा ट्राभल...


विवाहको लागि काठमाडौं जिल्ला अदालत पुगेको जोडी प्रहरी हिरासतमा

काठमाडौं । विवाह दर्ताका लागि काठमाडौं जिल्ला अदालत पुगेका एक जोडीलाई शंकास्पद कागजात पेस गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं जिल्ला अदालतका अनुसार दर्ताद्वारा विवाहका लागि भदौ ८ गते निवेदनसहित आवश्यक कागजात पेस गरिएको थियो । भदौ...


सरकारले भन्यो, ‘बाढी प्रभावित क्षेत्रमा ९ जनाको शव फेला’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ९ जनाको शव फेला परेको जानकारी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष सम्बोधन गर्दै मन्त्री खनालले उद्धार टोलीले प्रभावित क्षेत्रबाट ९ वटा शव सङ्कलन गरेको...


थप उद्धार सामग्रीसहित सुरक्षा टोली बाढी प्रभावित क्षेत्रमा प्रस्थान

काठमाडौँ । सरकारले भोटेकोशी नदी रसुवाका बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन गरेको छ । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) का टोलीलाई उद्धार तथा राहत कार्यका...


यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका १० निर्णय

काठमाडौँ । सरकारले भोटेकोशी बाढीबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिए । मन्त्री पोखरेलका अनुसार घाइतेहरूको उपचारका...


उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ पुगे विमानस्थलमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। रसुवामा आएको बाढीका कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आवश्यक तयारीलाई थप प्रभावकारी बनाउन उनी विमानस्थल पुगेका हुन् । उद्धार कार्यलाई तीव्रता दिँदै प्रभावित नागरिकलाई सुरक्षित स्थानमा ल्याउने...


रसुवा, नुवाकोट र धादिङलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ । सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ तीन जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । तीन महिनाका लागि संकटग्रस्त घोषणा गरिएको हो । मन्त्रिपरिषद्को अहिले बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको छ ।


हिमपहिरोपछि बनेको ताल अझै खुलेन, भोटेकोसी–त्रिशूलीमा बाढीको जोखिम कायमै

काठमाडौँ । चीनतर्फबाट प्राप्त सूचनाअनुसार हिमपहिरोपछि नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा खुलेको छैन । ताल पूर्ण रूपमा नखुलेका कारण भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ । नेपाल बाढी सूचना र राष्ट्रिय विपद्...


रसुवागढी भन्सारको यार्डमा राखिएका सयौँ गाडी बाढीले बगायो, अटो शो र दशैंको तयारीमा धक्का

काठमाडौँ । नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शो २०२६ लाई लक्षित गर्दै चीनबाट नेपाल भित्रिने तयारीमा रहेका ठूलो संख्याका सवारीसाधन रसुवागढीमा आएको बाढीले बगाएको छ । तिब्बततर्फबाट अचानक आएको बाढीले रसुवागढी भन्सार कार्यालयको संरचनामा ठूलो क्षति पुर्‍याउनुका साथै...


रसुवादेखि चितवनमा विध्वंश गरेको बाढीको कारण ४.५ रेक्टर स्केलको भूकम्प, कहाँ चुक्यो सरकार ?

काठमाडौं । नेपाली समय अनुसार आज विहान ८ः३७ बजेको समयमा चीनको तिब्बत प्रान्तस्थित घिरोङ काउन्टीमा अग्लो हिम श्रृंखलाको फेदमा ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भुकम्पको धक्का नेपालतर्फ पनि राम्रैसँग गरिएको स्थानीयबासीले बीमापोष्टलाई जानकारी दिएका छन् ।...


रसुवागढी भन्सारका २५ कर्मचारी सम्पर्कमा, १४ अझै बेपत्ता

काठमाडौँ । रसुवागढी भन्सार कार्यालयमा कार्यरत ३६ स्थायी दरबन्दीका कर्मचारीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएका छन् । अर्थमन्त्री सचिवालयका अनुसार करार तथा ज्यालादारीतर्फ कार्यरत चार जनामध्ये एक जना पनि सम्पर्कमा आएका छन् । हालसम्म स्थायी...


बाढी प्रभावित चार जिल्लामा टेलिकमको फोन र डेटा निःशुल्क

काठमाडौं । सरकारले बाढी प्रभावित चार जिल्लामा नेपाल टेलिकमको फोन र डेटा सेवा निःशुल्क गरेको छ । उद्धार, राहत तथा समन्वयका कार्यमा सहजता ल्याउन प्रभावित क्षेत्रमा टेलिकमको सेवा निःशुल्क गरिएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार राहत, उद्धार...