बानेश्वरमा थप २० वर्षीय एक युवाको मृत्यु
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर गोली लागेर घाइते भएका थप एक जना युवाको मृत्यु भएको छ । जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका २० वर्षीय युवाको पनि मृत्यु भएको हो ।
प्रहरीको गोली लागेर एक जनाको मृत्यु, ७०–८० जना घाइते
काठमाडौँ । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् ।
नयाँ बानेश्वरमा प्रहरी निरन्तर चलायो गोली, ७ जना जेन-जी घाइते
काठमाडौँ । जेन जी आन्दोलनका क्रममा बानेश्वरमा प्रहरीले दर्जनभन्दा बढी गोली चलाएकाृे छ । नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर ७ जना घाइते भएका हुन् । बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की...
पत्रकार श्रेष्ठलाई लाग्यो रबरको गोली
काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा जेनजीले आयोजना गरेको प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा कान्तिपुर टिभीका पत्रकार घाइते भएका छन्। दृष्य संकलनका क्रममा श्याम श्रेष्ठको पाखुरामा रबरको गोली लागेको हो। सिभिल अस्पतालमा उपचार भइरहेको जानकारी कान्तिपुर टेलिभिजनका नायव समाचार...
राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको चारैतिर कर्फ्यू लगाउने सरकारको निर्णय
काठमाडौँ । काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारीसँगै महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु थप गरिएको छ । यस अवधिमा तोकिएको सीमाभित्र कुनै पनि व्यक्तिले आवत जावत गर्न, भेला, जुलुस, प्रदर्शन,...
काठमाडौँको सडकमा देखियो सेना
काठमाडौँ । काठमाडौँको सडकमा सेना देखिएको छ । काठमाडौँ जिल्ला प्रशासनले १२ः३० बजेदेखि लागु हुने गरी कर्फ्यू आदेश जारी गरेपछि सडकमा सेना देखिएको हो । जेन जीद्वारा कर्फ्यू आदेशको अवज्ञा गरिरहेका छन् ।
नेपालको संघीय संसद भवन प्रदर्शनकारीको नियन्त्रणमा, सुरक्षा व्यवस्था कोल्याप्स
काठमाडौं । नेपालको संघीय संसद भवन जेनजी प्रदर्शनकारीहरुले कब्जामा लिएका छन् । आज विहानदेखि सुरु भएको प्रदर्शनको क्रममा संघीय संसद भवन प्रदर्शनकारी युवाहरुले कब्जामा लिन सफल भएका हुन । संसदीय संसद भवनको तीन वटै गेटबाट सुरक्षाकर्मीहरुलाई पन्छाएर प्रदर्शनकारीहरुले कब्जा...
‘जेन-जी’ द्वारा कर्फ्यू आदेशको अवज्ञा, के हुँदैछ बानेश्वरमा ?
काठमाडौँ । जेन जीद्वारा कर्फ्यू आदेशको अवेज्ञा भएको छ । काठमाडौँ जिल्ला प्रशासनले १२ः३० बजेदेखि लागु हुने गरी कर्फ्यू आदेश जारी गरेपनि जेन जीहरुले आन्दोलन जारी राखेको हो । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो...
नयाँ बानेश्वर क्षेत्रमा हवाई फायर
काठमाडौँ । जेनजीको आन्दोलन चर्किएपछि नयाँ बानेश्वरमा प्रहरीले हवाई फायर गरेको छ । आन्दोलनकारी संसद भवन भित्रै प्रवेश गरेपछि प्रहरीले हवाई फायर गरेको हो । अपरान्ह १२ः३० बजेदेखि २३ गते रातीको १० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा...
जेन-जी संसद भित्रै छिरेपछि काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी
काठमाडौँ । काठमाडौंका कर्फ्यू आदेश जारी भएको छ । बानेश्वर चोकदेखी पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखी पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखी उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखी दक्षिण...
संसद भवनकै सुरक्षा गर्न सरकार असफल, नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र प्रदर्शनकारी
काठमाडौं । केपी ओली नेतृत्वको वर्तमान दुई तिहाई बहुमत प्राप्त सरकारले जनताको सार्वभौम भनिएको संसद भवनकै सुरक्षा गर्न असफल भएको छ । आजको जेनजीले घोषणा गरेको आन्दोलनको क्रममा प्रहरीको घेरा तोडेर आन्दोलनकारीहरु नयाँ बानेश्वरस्थित संसद भवनभित्र प्रवेश गर्न सफल...
नयाँ बानेश्वरको संसद भवनको मुल गेटमा पुगे प्रदर्शनकारी, भिषण संघर्ष नजिक !
काठमाडौं । जेनजी पुस्ताको आन्दोलन भिषण उग्ररुप लिने संकेत गरेको छ । प्रदर्शनकारीहरुले प्रहरी सुरक्षाकर्मीको घेरा तोडेर निषेधित क्षेत्र नाघेर नयाँ बानेश्वरस्थित संसद भवनको मूल गेटमा पुगेका छन् । प्रदर्शनकारीहरु संसद भवनको मूल गेटमा पुगेपछि प्रहरी सुरक्षाकर्मीहरुले अश्रुग्याँस र...
आन्दोलनकारी र प्रहरीबीच बानेश्वरमा भिडन्तको अवस्था, संसद् भवनतिर बढ्दै जेन जी
काठमाडौँ । प्रहरी र जेन जीका आन्दोलनकारीबीच बानेश्वरमा भिडन्तको अवस्था आइपुगेको छ । भ्रष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन जीले बानेश्वरतर्फको निषेधित क्षेत्र तोडेका हुन । प्रहरीले ब्यारीकेड राखेर निषेधित क्षेत्र छुट्याएको थियो। तर प्रदर्शनकारीहरूले धकेलाधकेल गर्नेक्रममा...
निषेधित क्षेत्रतर्फ पुगे जेन-जी: युवाहरुको एउटै स्वर, ‘भ्रष्टाचारी देश छोड!’
काठमाडौं । सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र देशभर फैलिएको भ्रष्टाचारविरुद्ध जेनजी नेतृत्वमा युवा प्रदर्शनकारी माइतीघरबाट बानेश्वरसम्म पुगेका छन्। प्रदर्शनकारीहरू हातमा नारा लेखिएका प्लेकार्ड बोकेर बानेश्वरमा पुगेको समयमा प्रहरीले ब्यारिकेडको माध्यमबाट उनीहरूलाई रोक्दै सुरक्षा व्यवस्था कडा बनाएको छ। ‘जेन–जी’...
शिवम् सिमेन्टको ‘नो कम्प्रोमाइज’ अभियान: समय र गुणस्तरको सन्देश लिएर तेस्रो भिडियो सार्वजनिक
काठमाडौँ । क्याम्पेन क्वालिटीको मामलामा नो कम्प्रोमाइज अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक गरेको छ । जहाँ हाम्रो जिवनमा हुने एक एक सेकेण्ड समयको महत्वलाई दर्साउन दुई साथी विच एक जना समयमै आफ्नो यात्राको लागि एयरपोर्ट पुगि सकेको र अर्को एक...
सडकमै चिच्यायो जेन-जी पुस्ताः दलको छायाँबिना स्वतन्त्र आवाज, सरकारलाई खुला चुनौती
काठमाडौं । नेपालमा पहिलो पटक नयाँ पुस्ता (जेनजी) ले स्वतःस्फूर्त रूपमा सडक आन्दोलनको नेतृत्व लिएको छ। भ्रष्टाचार, अव्यवस्था र सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति असहमति जनाउँदै उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिरहेका हुन् । ‘जेनजी पुस्ता चिच्याउँछ,...
सुनको उकालो यात्रामा ब्रेक, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य आज भने ओरालो लागेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ...
आजदेखि सुरु भयो सोह्र श्राद्ध
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ । आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो पञ्चाङ्गमा उल्लेख छ । प्रतिपदा तिथि...
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं। आज चार वटा संसदीय समितिको बैठक बस्ने भएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति,विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएका हुन् ।...
कोशी र बागमतीका केही ठाउँमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहँदा देशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा...












