ठूलो संख्यामा निर्वाचन प्रहरीमा भर्ना खुल्यो, पूर्व सुरक्षाकर्मी र म्यादीलाई प्राथमिकता
काठमाडौं । नेपाल प्रहरीले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन लक्षित १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान गरेको छ। १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका साधारण लेखपढ गर्न जान्ने, फौजदारी कसूरमा अदालतबाट...
अटोमोबाइल क्षेत्रमा उत्कृष्ट योगदानका लागि नाडा र उपाध्यक्ष श्रेष्ठ सम्मानित
काठमाडौँ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान तथा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिले अटोमोबाइल क्षेत्रको सीप विकास, तालिम पाठ्यक्रम निर्माण तथा मानव संसाधन विकासमा उल्लेखनीय योगदान र्पुयाएको कदर गर्दै नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाललाई सम्मान–पत्र प्रदान गरेको छ ।...
मजदुरमाथि श्रम शोषण गर्दै आइरहेको यशोदा फुड्सद्वारा वर्षदिनमा ७ अर्ब ६८ करोडको व्यापार
काठमाडौँ। मजदुरको श्रमिक हक अधिकारलाई बेवास्ता गर्दै आइरहेको यशोदा फुड्स प्राइभेट लिमिटेडले सन् २०२५ मा साढे ७ अर्बभन्दा बढीको व्यापार गरेको छ। नेपाली बजारमा ‘करेन्ट’ ब्रान्डको चाउचाउ बिक्री वितरण गर्दै आएको कम्पनीले उक्त वर्षमा करिब ७ अर्ब ६८ करोड...
दक्षिण एशियाली मानव अधिकारवादी र जेन–जी अभियान्ताबीच छलफल
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय सहयोग तथा संलग्नता संस्था ( एनआइआइसीई) को जेन–जी आन्दोलन सम्बधि छलफल सम्पन्न भएको छ । काठमाडौंको हात्तिवनस्थित एनआइआइसीईको कार्यालयमा जेन–जी अगुवा, दक्षिण एशियाली मानव अधिकारवादी तथा कानुन व्यवसायीहरुको सहभागितामा उक्त छलफल सम्पन्न भएको हो ।...
छिपहरमाई गाउँपालिकामा झुट्टा बोलपत्र सूचना, अध्यक्षसहित कर्मचारी र व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला पर्साको छिपहरमाई गाउँपालिकामा ठेक्का आह्वानका क्रममा झुट्टा सूचना प्रकाशन गरी रकम भुक्तानी गरिएको अभियोगमा गाउँपालिका अध्यक्षसहित कर्मचारी र निर्माण व्यवसायीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ। आयोगका अनुसार छिपहरमाई गाउँपालिकाले आर्थिक...
लेखा तथा वित्तीय आउटसोर्सिङको विश्व केन्द्र बन्ने नेपालको लक्ष्य, आइक्यानद्वारा ‘गेन’ परियोजना शुभारम्भ
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले ग्लोबल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन) परियोजनाको औपचारिक शुभारम्भ गरेको छ । यो ऐतिहासिक राष्ट्रिय पहलको उद्देश्य नेपाललाई लेखा तथा वित्तीय आउटसोर्सिङ सेवाका लागि विश्वकै प्रतिस्पर्धी गन्तव्यको रूपमा स्थापित गर्नु हो...
कानूनले रोक्दा–रोक्दै पहिलो त्रैमासमै २९ करोड रकमान्तर
काठमाडौँ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ ले पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । तर चालु आर्थिक वर्षको सुरुवाती महिनामै सरकारले करिब २९ करोड रुपैयाँ रकमान्तर गरिसकेको देखिएको छ, जुन...
बैंकमा निक्षेप बढ्दा कर्जा ब्याजदर घट्यो, निजी क्षेत्रको कर्जा प्रवाहमा वृद्धि
काठमाडौं। पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा निक्षेप बढेसँगै कर्जाको ब्याजदर घट्ने क्रम देखा परेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार, चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म निजी क्षेत्रतर्फको कर्जा प्रवाहमा पनि वृद्धि भएको छ। २०८२ असार मसान्तको तुलनामा बैंक...
अमेरिका जाने सपना महँगियो: नेपालीलाई भिसासँगै साढे २१ लाखसम्म धरौटी अनिवार्य
काठमाडौँ । अमेरिकाको विदेश मन्त्रालयले अमेरिका प्रवेश गर्नुअघि धरौटी तिर्नुपर्ने देशहरूको सूचीमा नेपालसहित थप सात देश समावेश गरेको छ । यससँगै आगामी जनवरी २१ देखि नेपाली नागरिकले अमेरिकी बी–१/बी–२ भिसाका लागि निवेदन दिँदा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म...
छेडागाडमा कर्मचारी सञ्चय कोषको अन्तर्क्रिया, शिक्षक-कर्मचारीलाई सेवा र सुविधाबारे विस्तृत जानकारी
काठमाडौँ । जाजरकोटको छेडागाड नगरपालिकामा कर्मचारी सञ्चय कोषले अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कर्मचारी सञ्चय कोष शाखा कार्यालय सुर्खेत र सञ्चयकर्ता सेवा विभागको आयोजना र छेडागाड नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा कार्यक्रम सञ्चालन भएको हो ।...
सानिमा रिलायन्स लाइफकी नमिता न्यौपाने राष्ट्रियसभाको उम्मेदवार सिफारिस
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकी चिफ बिजनेश अफिसर नमिता न्यौपाने कोशी प्रदेशबाट राष्ट्रियसभाको उम्मेदवार सिफारिस भएकी छन् । लामो समयदेखि राजनीतिमा समेत सक्रिय रहेकी न्यौपाने नेपाली कम्युनिष्ट पार्टीबाट राष्ट्रियसभाको उम्मेदवार सिफारिस भएकी हुन् । विराटनगर महानगरपालिकाबाट तत्कालिन नेकपा...
थानकोटमा पार्किङ मै जलेर खरानी बन्यो ‘हुन्डाई क्रेटा’, गुणस्तरमा गम्भीर प्रश्न
काठमाडौँ । हेर्दा आकर्षक तर गुणस्तरमा गम्भीर समस्या रहेका हुन्डाई ब्रान्डका गाडीमा श्रृंखलाबद्ध रुपमा आगलागी भइरहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आइरहेका हुन्डाई ब्रान्डका सवारी पछिल्लो समय एकपछि अर्को गर्दै आगलागीका घटना सार्वजनिक भइरहेको हो । चन्द्रागिरीमा...
गुणस्तर र बिलमा कैफियत भेटिएपछि दुई उद्योगलाई उपभोक्ता संरक्षण विभागको कारबाही
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता हितविपरीत कार्य गरेको ठहरसहित दुई वटा उद्योगलाई नगद जरिवाना गरेको छ। विभागले काठमाडौँ उपत्यकामा गरेको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा कैफियत भेटिएपछि भक्तपुर र काठमाडौँका प्लास्टिक उद्योगमाथि कारबाही गरेको हो।...
सुनको मूल्यमा गिरावट, बुधबार कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ३५ निर्णय
काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मंगलबार पुष ११ र २१ गते बसेको मन्त्रिपरिषद्का ३५ निर्णय सार्वजनिक भएका हुन् । डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि विश्व बैंकबाट प्रस्तावित ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने सम्बन्धमा...
११ दमकल र सयौं सुरक्षाकर्मीले २ घण्टामा निभाए गैरीगाउँमा लागेको आगो
काठमाडौँ । राजधानीको गैरीगाउँमा रहेको काठ गोदाममा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ । ईश्वरबहादुर कार्कीले सञ्चालन गर्दै आएको उक्त गोदाममा विदेशबाट आयात गरिने सामग्रीहरू प्याक गर्न प्रयोग हुने काठका बक्सा भण्डारण गरिएको थियो । जिल्ला प्रहरी परिसर...
जेनजी प्रदर्शनबाट क्षतिग्रस्त सवारीलाई बागमती सरकारको राहत, कर-नवीकरण दस्तुर र जरिवाना छुट
काठमाडौँ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण पूर्णरूपमा क्षतिग्रस्त भएका सवारी साधनका लागि सवारी साधन कर, नवीकरण दस्तुर र जरिवानामा छुट दिने निर्णय राजपत्रमार्फत प्रकाशित...
त्रियुगा नगरपालिकाको सामुदायिक वनको कोषमा घोटाला, अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको त्रियुगा नगरपालिकास्थित सामुदायिक वन उपभोक्ता समूहमा अनियमितता भएको ठहर गर्दै अध्यक्ष मीना कुमारी चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सामुदायिक वन उपभोक्ता समितिको कोषको रकमबाट भवन निर्माणलगायतका कार्यमा अनियमितता गरेको...
काठमाडौंको गैरीगाउँमा भिषण आगलागी, निभाउने प्रयास जारी
काठमाडौं । सिनामंगलबाट गैरीगाउँ जाने तर्फ कारखाना छेउमा रहेको टहरोमा आगलागी भएको छ । आगलागीपछि काठमाडौं महानगरपालिकाको दमकले आगो निभाउने प्रयास जारी राखेको छ । आगलागीबाट वरपरका घरहरुमा समेत निकै ठूलो मात्रामा क्षति भएको छ । स्थानीयबासी नबिन फुयालका...
एकद्धार प्रणालीमा उद्योग दर्तादेखि सञ्चालन गराउन चेम्बरको सुझाव
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले उद्योगको दर्ता प्रक्रीयादेखि सञ्चालनमा ल्याउँदासम्म एकद्धार प्रणाली कार्यान्वयन गर्न उद्योग वाणिज्य तथा आपूूर्तिमन्त्री अनिलकुुमार सिन्हाको ध्यानाकर्षण गराएको छ । मुलुकमा औद्योगिक तथा व्यवसायिक वातावरण निर्माणका लागि नीतिमा सहजिकरण हुनुपर्ने चेम्बरको धारणा छ । काठमाडौंको...



















