नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेल राजीनामा दिँदै

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष पद रिक्त हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि स्वतः निलम्वनमा परेका नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेलले राजिनामा दिन लागेका हु्न् । आज निलम्वनमा परेपछि बीमापोष्टसँग संक्षिप्त...


नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेल निलम्वित, उदयपुर सिमेन्टमा ४६ करोडको मुद्दा दर्ता

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेल निलम्वनमा परेका छन् । नेपाल पुनर्बीमा कम्पनीभित्र घुस सेटिङ गर्न खोजिरहेका पौडेल यसअघि महाप्रबन्धक रहेको उदयपुर सिमेन्ट उद्योगमा ४६ करोड घोटाला काण्डमा निलम्वनमा परेका हुन् । उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा लामो...


अटेरी पुनर्बीमा कम्पनीलाई पुरानो वित्तिय विवरण पेश गर्न दुई दिने अल्टिमेटम

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले अटेरी नेपाल पुनर्बीमा कम्पनीलाई पुरानो वित्तिय विवरण पेश गर्न दुई दिने अल्टिमेटम दिएको छ । नेपाल पुनर्बीमा कम्पनीले आव २०८०।०८१ को वित्तीय विवरण अहिलेसम्म स्वीकृत नभएर प्राधिकरणलाई नै झुलाउन थालेपछि दुई दिने...


बीमा प्राधिकरणमा पुनर्बीमा कम्पनीविरुद्ध बीमक संघको ध्यानाकर्षण

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा पुनर्बीमा कम्पनीविरुद्ध नेपाल बीमक संघले ध्यानाकर्षक पत्र बुझाएको छ । नेपाल बीमक संघले पुनर्बीमा कम्पनीलाई समयमा बीमा दाबी नदिएको भन्दै ध्यानाकर्षक दिएको पत्रमा उल्लेख गरिएको छ । निर्जीवन बीमा कम्पनीले पुनर्बीमाबापतको रकम भुक्तानी नहुँदा...


अनियमितताले भरिएको आर्थिक प्रतिवेदन बीमा प्राधिकरणमा, पटक पटकको चेतावनी वेवास्ता गर्दै नेपाल रि

काठमाडौं । नेपाल सरकारको लगानीमा सञ्चालित नेपाल पुनर्बीमा कम्पनी राजनीतिक पार्टीहरुले टीका लगाएका टिकेहरुले ब्रम्हलूट मच्चाउने थलोमा रुपान्तरण भएको छ । नेपाल पुनर्बीमा कम्पनीले आव २०८०।०८१ को वित्तीय विवरण अहिलेसम्म स्वीकृत भएको छैन । नियामक बीमा प्राधिकरणले विभिन्न प्रकारका...


दुई पुनर्बीमा र तीन जीवन बीमा कम्पनीलाई विदेशमा शाखा खोल्न अनुमति

काठमाडौं । नेपालमा सञ्चालित दुई पुनर्बीमा कम्पनी र तीन जीवन बीमा कम्पनीहरुले विदेशमा शाखा खोल्ने तयारी सुरु गरेका छन् । सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स कम्पनीले विदेशमा शाखा खोल्न नियामक नेपाल बीमा प्राधिकरणबाट अनुमति प्राप्त गरेका...


नेपाल र हिमालयन रि इन्स्योरेन्सको लगानी ३८ अर्ब नजिक, कसको कति ?

काठमाडौं । नेपालमा सञ्चालन रहेका दुई पुनर्बीमा कम्पनी नेपाल र हिमालयनबीच लगानी विस्तारमा तीब्र प्रतिस्पर्धा देखिएको छ । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा र नीजी क्षेत्रद्वारा सञ्चालित हिमालयन रि इन्स्योरेन्सबीच बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप, पब्लिक कम्पनीको साधारण शेयर,...


पुनर्बीमा कम्पनीको हकप्रदमा थप लगानी नगर्ने सरकारको निर्णय, तत्काल रोक्न प्राधिकरणलाई अर्थको निर्देशन

काठमाडौं ।सरकारी स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको हकप्रदमा थप लगानी नगर्ने सरकारको निर्णय गरेको छ । जेनजी आन्दोलनपश्चातको अवस्थालाई मध्यनजर गर्दै सरकारले कम्पनीमा हकप्रद शेयरमा थप लगानी गर्न नसक्ने भएको अर्थमन्त्रालयले जनाएको छ। जेन–जी आन्दोलनको क्षतिका कारण सरकारले तत्काल...


नेपाल रिद्वारा गत आवको चौथो त्रैमासिक विवरण सार्वजनिक, १ अर्ब ३ करोड नाफा कमाउँदा अन्य सूचक कस्तो?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) ले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ। अन्य बीमा कम्पनीहरूले चालू आवको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसक्दा यस कम्पनीले भने गत आवको अन्तिम त्रैमासिक वित्तीय...


नेपाल पुनर्बीमाभित्र हिसाब–किताब गोलमाल, ताकेता गर्दा प्राधिकरण नै हैरान

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीभित्र गत आर्थिक बर्षको हिसाब गोलमाल भएको भेटिएको छ । आव २०८०।०८१ को हर हिसाब नमिलेको कारण गत आवको चौथो त्रैमासिक वित्तीय विवरण समेत प्रकाशित गर्न सकेको छैन । बीमा प्राधिरणमा नेपाल पुनर्बीमा कम्पनीले आर्थिक...


हिमालयन रिइन्स्योरेन्सको मुनाफा साढे २४ करोड, अधिकांश सूचकमा ग्रोथ

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२।०८३ को प्रथम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा सहित अधिकांश सूचकमा लोभलाग्दो प्रगति देखिएको हो । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीले २४ करोड ५८ लाख...


नेपाल रिको सञ्चालकमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक पदमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला नियुक्त भएका छन्। निरौला यस कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) (क) को व्यवस्था बमोजिम नेपाल सरकारबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक पदमा...


असोजमा नेपाल रि र हिमालयन रिको सबैभन्दा बढी शेयर कारोबार

काठमाडौं । असोज महीनामा सबैभन्दा बढी शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । नेप्सेले सार्वजनिक गरेको असोज महीनाको तथ्यांकका आधारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ३ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । पुनर्बीमा क्षेत्रको अर्को...


बैंकहरुले नेपाल पुनर्बीमा कम्पनीको शेयरलाई मार्जिन लोनको योग्य सूचीबाट हटाउदै

काठमाडौं । हुलदंगाको बीमा नेपाल पुनर्बीमा कम्पनीमा मात्रै रहेको र कम्पनी जोखिममा रहेको भन्दै बैंकहरुले नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरलाई मार्जिन लोनका लागि योग्य सूचीबाट हटाउन सुरु गरेको छ । नेप्सेले प्रत्येक बर्ष मार्जिन कारोबारका लागि योग्य कम्पनीको नाम...


संकटमा नेपाल रि, सञ्चालकद्वारा भटाभट राजीनामा, सिईओ थापासमेत छोड्ने तयारीमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी एकाएक संकटमा परेको छ । कम्पनीमा रहेका सञ्चालकहरुले धमाधम राजिनामा दिएपछि कम्पनी संकटमा परेको हो । जेन जी आन्दोलनमा अर्बौको बीमा दावी परेको नेपाल पुनर्बीमा कम्पनीमा सिईओ थापाको भ्रष्टाचार काण्डले अर्कै रुप लिएको हो...


नेपाल रिका सञ्चालकद्वय दाहाल र प्रधानको राजीनामा स्वीकृत

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) का सञ्चालकद्वय बालकृष्ण दाहाल र एमिल प्रधानको राजीनामा स्वीकृत भएको छ। कम्पनीको नियमावलीको नियम २७(ख) को व्यवस्था बमोजिम समूह ‘ख’ नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट प्रतिनिधित्व गरिरहेका दाहाल र प्रधानले असोज...


नेपाल पुनर्बीमा कम्पनीद्वारा पौने दुई अर्ब अग्रिम भुक्तानी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पौने दुई अर्ब रुपैयाँ बीमा कम्पनीहरुलाई अग्रिम भुक्तानी गरेको छ । कम्पनीले यही असोज २७ र २८ गते समेत गरी दुई दिनमा पौने तीन अर्ब रुपैयाँ भुक्तानी गरेको हो । नेपाल पुनर्बीमा कम्पनीका सिईओ...


नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा भन्सार विभागका उपमहानिर्देशक अमृत लम्साल नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक पदमा भन्सार विभाग, त्रिपुरेश्वरका उप–महानिर्देशक अमृत लम्साल नियुक्त भएका छन्। नेपाल सरकार, अर्थ मन्त्रालयको गत असोज ६ गतेको अर्थमन्त्रीस्तरीय निर्णयले अमृत लम्साललाई नेपाल सरकारको तर्फबाट सञ्चालक नियुक्त गर्ने निर्णय...


नैतिकता कुल्चदै नेपाल रिका सिईओ सुरेन्द्र थापा, मुन्टो निहुराएर कतिदिन जागिर खाने ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापाले राजिनामा गर्ने घोषणा गरेर बाहिरिएर पनि अहिले नैतिकता कुल्चदै पुनः आफूलाई सिईओ भन्दै कार्यालय गएर काम गरिरहेका छन् । थापाको राजिनामा काण्डबारे दशैंभरि बीमा क्षेत्रमा चर्चा र छलफलको बिषय बन्न पुगेको...


प्रहरीमार्फत् फेस सेभिङ गरेर कार्यालयमा हाजिर भए नेपाल रिका सिईओ थापा

काठमाडौं । सञ्चालक समितिको बैठकबाट राजीनामा गरेर बेपत्ता भएका नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापा हिजोबाट कार्यालयमा हाजिर हुन गएका छन् । चार दिनसम्म बिदा समेत स्वीकृत नगराई गैरजिम्मेवार तरिकाले बेपत्ता भएका सिईओ थापा अन्ततः असोज ८ गते महानगरीय...