नेपाल रिका सञ्चालकद्वय दाहाल र प्रधानको राजीनामा स्वीकृत

२ कार्तिक २०८२, आईतवार १०:२२

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) का सञ्चालकद्वय बालकृष्ण दाहाल र एमिल प्रधानको राजीनामा स्वीकृत भएको छ।

कम्पनीको नियमावलीको नियम २७(ख) को व्यवस्था बमोजिम समूह ‘ख’ नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट प्रतिनिधित्व गरिरहेका दाहाल र प्रधानले असोज २ गते छुट्टाछुट्टै पत्र मार्फत राजीनामा बुझाएका थिए।

सञ्चालकद्वयले पेश गरेको राजीनामा कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनी सचिव शेखर पौडेलले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*