ताप्लेजुङको दोभान बजारमा भिषण आगोलागी, दर्जनौं घर जले

१८ फाल्गुन २०७७, मंगलवार ११:५८

बिराटनगर । ताप्लेजुङ जिल्लाको मेरिङ्देन गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकाको सीमानामा रहेको दोभान बजारमा आज विहान भिषण आगोलागी भएको छ ।

आगोलागीमा परी दर्जनौं घरहरु जलेर नष्ट भएका छन् । मंगलबार एकाबिहानै लागेको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्लास्थित सुरक्षा निकायहरुले जनाएका छन् ।

दोभान बजार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ पछिको दोस्रो ठूलो र व्यस्त बजार हो । सो क्षेत्रमा सबै घर जोडिएर बनेका र काठ र टिनबाट निर्मित घर भएकोले आगो झन् दन्किरहेकोले नियन्त्रणमा लिन कठिन भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आगोलागी नियन्त्रणमा लिन जिल्लामा रहेको सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी, सदरमुकाम फुङलिङ बजारवाट गएको दमकलले आगो निभाउने प्रयास भैरहेको छ ।

तस्विर सौजन्यः प्रेम गुरागाँई

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*