एफवान सफ्ट इन्टरनेशनल १८ औं वर्षमा प्रवेश

२२ फाल्गुन २०७७, शनिबार २२:५९

काठमाडौं । विद्युतीइ माध्यमबाट रकम भुक्तानी गर्ने इसेवाको संस्थापक कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८औँ वर्षमा प्रवेश गरेको छ । विद्युतीय कारोबारमा सफ्टवेयरको माध्यमबाट गर्दै आएको एफवान सफ्टले सन् २००४ को मार्च ६ गतेबाट कम्पनीले आफ्नो सेवा सुरू गरेको थियो ।

कम्पनीले संस्थापनाको १७ वर्ष पूरा गरी आजबाट १८ औं वर्षमा प्रवेश गरेको हो । यसस अवधिमा कम्पनी नेपालको ठूलो र अग्रणी आइटी कम्पनीका रूपमा स्थापित हुन सफल भइसकेको छ । मानिसले हातमा बोक्ने मोबाईलबाटै करोडौं रुपैयाँको कारोबार गर्न सक्षम भएका छन् । यसको श्रेय एफवान सफ्टलाई नै जान्छ । कम्पनीले विकास, आविस्कार गरेको नयाँ नयाँ प्रविधिका कारण अन्तर्राष्ट्रिय स्तरको सुरक्षित र भरपर्दो विद्युतीय कारोबार गर्न सम्भव भएको सो कम्पनीले जनाएको छ ।

सुरुवाती दिनमा एसएमएस बैंकिङबाट आफ्नो सेवा स्थापना गरेको कम्पनीले हाल वित्तीय क्षेत्रलाई अवश्यक पर्ने ईन्टरनेट बैंकिङ, मोबाईल बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता दैनिक आर्थिक गतिविधि सम्बन्धी काम गर्दै आइरहेको छ । त्यस्तै बैंक टु बैंक रकमान्तरममा समेत फोन पेले गेटवे उपलब्ध गराएर डिजिटल भुक्तानी सेवालाई नयाँ युगमा पुर्याउन सफल भएको छ ।

एफवान सफ्ट गु्रप अन्तर्गत हाल एक दर्जन बढि कम्पनी सञ्चालनमा छन् । एफवान सफ्ट गु्रप अन्तर्गत इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका, सिरानटेक जस्ता लिडिङ कम्पनी सञ्चालित छन् । यी कम्पनीले वित्तीय क्षेत्र बाहेक स्वास्थ्य, शिक्षा तथा अन्य विभिन्न क्षेत्रलाई डिजिटलाइज गर्ने उदेश्यले सफ्टवेयर निर्माण गर्ने गर्दछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*