सुनको भाउ १०० रुपैंया बढ्यो, तोलाको ८६ हजार २ सय

२४ फाल्गुन २०७७, सोमबार १५:३३

काठमाडौं । सोमबार सुनको भाउ बढेको छ । आज सुनको मूल्य प्रतितोला १०० रुपैंया बढेर ८६ हजार २ सय पुगेको हो ।
त्यस्तै सुनमा प्रतितोला १०० रुपैंया र चाँदीमा प्रतितोला १५ रुपैंया बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिनसम्म प्रतितोला ८६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार भएको हो । त्यस्तै तेजाबी सुन पनि तोलामा १०० रुपैयाँले बढेर ८५ हजार ७५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

त्यस्तै, चाँदीको भाउ प्रतितोला १ हजार २६५ रुपैंया पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*