रिलायबल नेपाल लाइफले बैशाख २२ देखि कोरोना संक्रमण सम्बन्धी परार्मश कार्यक्रम संचालन गर्दै

२३ बैशाख २०७८, बिहीबार १३:२५

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बैशाख २२ गतेदेखि कोरोना संक्रमणको बिषयमा परार्मश सम्बन्धी कार्यक्रम संचालन गर्ने भएको छ ।

कम्पनीले बैशाख २२ गतदेखि २८ गतेसम्म काठमाडौं मेडिकलका डा. सुभाष पन्तसँग कोरोना भाईरसका बिषयमा प्रत्यक्ष परार्मश लिने कार्यक्रम संचालन गर्ने लागेको हो । कार्यक्रम हरेक बेलुका ८ बजेदेखि ९ बजेसम्म संचालन हुने कम्पनीले जनाएको छ। कार्यक्रम भ्युचुअल माध्यम जुम आईडीबाट हुने छ भने कम्पनीको आधिकारिक फेसबुक पेज मार्फत पनि प्रत्यक्ष लाइभ हुनेछ ।

कम्पनीले यस बिषम परिस्थतीमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम संचालन गर्न लागेको जनाएको छ। यस कार्यक्रममा कोरोना महामारी रोग सम्बन्धी सावधानी, जोखिम, संक्रमण, नियन्त्रणका उपायहरु, सावधानीका उपायहरु, खानपान लगायतका बिषयहरुमा छलफल हुने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*