एशियन लाइफको शाखा कार्यालय आलोपालोमा खुल्ने

२३ बैशाख २०७८, बिहीबार १५:०५

काठमाडौं । कोभिड- १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एशियन लाइफ प्रधान कार्यालय २० प्रतिशत कर्मचारीको उपस्थितिमा संचालन हुने तथा काठमाडौं उपत्यका भित्रको आलोपालो खुल्ने कम्पनीले जनाएको छ ।

साथै उपत्यका बाहिरको शाखा कार्यालयहरु स्थानीय निकायको निर्णय बमोजिम संचालन गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार आईतबार पुतलीसडक, हात्तिगौडा, सूर्यविनायक, सोमबार बालाजु र जावलाखेल, मंगलबार पुतलीसडक, हात्तिगौडा, सूर्याविनायक, वुधवार बालाजु र जावलाखेल, बिहिबार पुतलीसडक, हात्तिगौडा, सूर्याविनायक, शुक्रबार बालाजु, जावलाखेल शाखाबाट उक्त सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले अनलाईन मार्फत बीमाशुल्क, नविकरण बीमाशुल्क आर्जन भुक्तान्ी गर्न र दाबी भुक्तानी सम्बन्धी ज्ञिज्ञासा पेश गर्न आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*