एशियन लाइफ इन्स्योरेन्स क्लीयरिङ हाउसको पेमेन्ट गेट–वेमा आबद्ध

२३ बैशाख २०७८, बिहीबार १५:५१

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी नेपाल क्लियरिङ हाउसको नेशनल पेमेन्ट इन्टरफेसमा आबद्ध भएको छ । पेमेन्ट गेट–वेमा आवद्ध भएसँगै अब सो बीमा कम्पनीको प्रिमियम भुक्तानी अब अनलाईनबाटै हुने भएको छ । बैंक रकमान्तर तथा अन्य भुक्तानी प्रणालीमार्फत शुल्क तिर्दा महंगो हुने भएपनि क्लीयरिङ हाउसको नेशनल गेट–वेमार्फत भुक्तानी गर्दा झनै सहुलियत हुने भएको छ ।

नयाँ सम्झौतासँगै एनआइसी एसिया बैंकमार्फत स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने गरी एनसीएचएलको नेशनल पेमेन्ट्स गेटवेमा आबद्ध भएको हो । यस्तो आवद्धतासँगै अब एनसीएचएलको इन्टरफेसमा समेत एशियन लाइफ इन्स्योरेन्सको लागो देखिने व्यवस्था गरिएको छ । आजैबाट सुरु भएको नयाँ सेवामा एनसीएचएलको इन्टरफेसमा गएपछि एशिन लाइफ इन्स्योरेन्सको लागो खोजेर सिधैं बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाइएको एशिनयन लाइफ इन्स्योरेन्स कम्पनील्े जनाएको छ ।

एनपीआइमा रहेका कनेक्ट आइपीएस तथा एनसीएचएल/आइपीएस प्रणालीहरु मार्फत स्वचालित रुपमा एसियन लाइफले बीमा शुल्कको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी लगायत आफ्ना कारोबारहरु गर्न सकिने कम्पनीले जनाएको छ ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनी प्रविधिमैत्री बीमा कम्पनीको रुपमा छुट्टै पहिचान बनाएर कारोबार गर्दै आएको कम्पनी हो । पछिल्लो समय कम्पनीले बीमा शुल्क अनलाइनबाटै भुक्तानी हुने व्यवस्था मिलाएको थियो । नेपाल क्लीयरिङ् हाउसको गेटवेमा जोडिएपछि अब सस्तो दरमा आर्थिक कारोबार हुने भएको छ । नेपाल क्लीयरिङ हाउस देशकै सबैभन्दा सस्तो विद्युतीय कारोबार गर्ने गेटवे हो ।

One thought on “एशियन लाइफ इन्स्योरेन्स क्लीयरिङ हाउसको पेमेन्ट गेट–वेमा आबद्ध

  1. नारायण आचार्य says:

    स्वागत योग्य कार्य हो ,बिमा सरेन्डर को कुरा आयन सर येसो हुदा अझै राम्रो हुने थियो

Leave a Reply to नारायण आचार्य Cancel reply

Your email address will not be published. Required fields are marked *


*