प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सम्बोधन गर्ने, के बोल्लान नयाँ कुरा ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रम शाहले जनताको समस्या र चासोको बिषयमा आफूखुशी सम्बोधन गर्न लागेका भने होइनन् । राष्ट्रपति रामचन्द्र पौडेलले यही बैशाख २८ गते संघीय संसदमा पेश गर्नु भएको सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम तय गरिएको छ ।
संघीय संसद सचिवलायले आजको सम्भावित कार्यसूचिमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा पेश भएको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री बालेनले आज संसदमा उठेका बिषयहरुमा लामो जवाफ दिनुपर्ने छैन । किनभने धेरै प्रश्न उठेकै छैन । समाजवादीका अध्यक्ष प्रचण्ड, एमालेका संसदीय दलका नेता राम बहादुर थापा बादल, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङ र राप्रपाका ज्ञानेन्द्र शाहीले प्रश्न गरेका थिए । उनीहरुको सामान्य प्रश्नको जवाफ दिए पुग्नेछ ।
आज बस्ने संसद बैठकमा प्रधानमन्त्रीले कस्तो भाषण गर्लान आम चासोको बिषय बनेको छ ।












