नेपाल लाइफको आम्दानीमा उल्लेख्य वृद्धि, जीवन बीमाकोष २ खर्ब ६५ अर्ब नाघ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म ४५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६२ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको खुद नाफा २७.४० प्रतिशतले घटेको हो।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद बीमा शुल्क आर्जन १२.९१ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ३६ अर्ब ७० करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ जबकि गत आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ३२ अर्ब ५० करोड ७२ लाख रुपैयाँ रहेको थियो।
त्यस्तै कम्पनीको जीवन बीमा कोष १७.५९ प्रतिशतले बढेर २ खर्ब ६५ अर्ब ३६ करोड १० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो कोष २ खर्ब २५ अर्ब ६७ करोड ४९ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ५२ अर्ब ३० करोड ६५ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा ४७ अर्ब ७२ करोड ८४ लाख रुपैयाँ थियो। कुल खर्च पनि बढेर ४९ अर्ब २० करोड ५२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो खर्च ४४ अर्ब ६९ करोड २९ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको प्रति शेयर आम्दानी (ईपीएस) ९.२४ रुपैयाँबाट घटेर ६.४० रुपैयाँमा सीमित भएको छ। प्रति शेयर नेटवर्थ १२६.३३ रुपैयाँमा कायम रहँदा सोल्भेन्सी अनुपात १.५४ गुणा रहेको छ। चुक्ता पूँजी ९ अर्ब ४८ करोड रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ७८ करोड ३३ लाख रुपैयाँ र महाविपत्ति कोषमा १ अर्ब ५४ करोड १९ लाख रुपैयाँ सञ्चिति रहेको छ।












