नेप्सेमा पौने ७ अर्बको कारोबार, १० समूहको उपसूचक राताम्मे

२३ बैशाख २०७८, बिहीबार १५:५३

काठमाडौं । साताको अन्तिम कारोबारको दिन (बिहिबार) आज नेप्से परिसूचक १२.४७ अंकले ओरालो लागेको छ ।योसँगै नेप्से परिसूचक २६३७.१३ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.७७ अंकले घट्दै ४७३.०४ को विन्दुमा झरेको छ। आज कारोबार रकम बढेर पौन ७ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

आज १३ वटा समूहमध्ये ३ वटामा मात्रै हरियाली छाएको छ भने बाँकी १० वटा समूह राताम्मे भएको छ। यो दिन बैंकिङ समूह ७.११ अंकले उकालो लागेको छ। वित्त समूह ३.८५ अंकले बढेको आज लगानी समूहमा ०.१५ अंकको बढेको छ।

आज जीवन बीमा समूह सर्वाधिक २३९.३३ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह १३०.३१ अंकले घटेको आज व्यापार समूहमा ६२.९९ अंक, होटेल तथा पर्यटन समूहमा ४४.४ अंक, विकास बैंक समूहमा १३.८५ अंक, जलविद्युत् समूहमा ४९.३९ अंक, उत्पादन तथा प्रशोधन समूहमा ३७.८२ अंक, अन्य समूहमा २३.७२ अंक, लघुवित्त समूहमा ६३.८५ अंक र म्युचुअल फन्ड समूहमा ०.०८ अंकको गिरावट आएको छ।

आज सबैभन्दा धेरै हाईड्रो इलेक्टिसिटि एण्ड डेभलपमेन्टको सर्वाधिक कारोबार भएको छ । कमपनीको ४६ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज खानी खोला हाईड्रोपावर र जनउत्थान समुदायिक लघुवित्त सहित ८ कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागेको छ।

आज दुईवटा कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ। विशाल बजार कम्पनीको सेयरमूल्यमा १० प्रतिशत तथा सिंगटी हाइड्रोको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*