यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

२३ बैशाख २०७८, बिहीबार १६:०३

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्सेमा सूचीकृतमध्ये २ सय १६ कम्पनीका १ करोड ५९ लाख ८० हजार ८१५ कित्ता सेयर ६ अर्ब ८१ करोड ९१ हजार ४५३ रुपैयाँमा शेयर कारोबार भएको छ। आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको सर्वाधिक ४६ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। त्यस्तै, एनसीसी बैंकको ४२ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तैगरी, लक्ष्मी बैंकको २६ करोड ४५ लाख रुपैयाँ, अपी पावरको १५ करोड ६७ लाख रुपैयाँ, निफ्राको १५ करोड ७ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको १४ करोड ९५ लाख रुपैयाँ, ग्रामीण विकास लघुवित्तको १३ करोड ८१ लाख रुपैयाँ, नेशनल लाइफको १३ करोड ३३ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १३ करोड २ लाख रुपैयाँ र नेपाल बैंकको ११ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*