एनएमबी बैंकद्वारा ११ जनालाई ६१ लाख रुपैयाँ बीमा दावी रकम भुक्तानी

२३ बैशाख २०७८, बिहीबार १६:२१

काठमाडौं । एनएमबी बैंकले ११ जना सेवाग्राहीलाई बीमा बापतको रकम भुक्तानी गरेको छ । बैंकले आफ्ना खातावाललाई दिएको बीमा सुविधा अन्तर्गत दुर्घटनामा परेका तथा घातक रोग लागेका सेवाग्राहीहरुलाई कूल ६१ लाख तीन हजार ८४१ रुपैयाँ भुक्तानी गरेको बक्तव्यमार्फत जनाएको छ । बैंकले शिखर इन्स्योरेन्सको सहकार्यमा सो बैंकमा निश्चित प्याकेजको खाता खोल्दा बीमा सुविधा प्रदान गरिएको थियो ।

बैंकले सञ्चालन गरेको सहारा बचत खातामा बीमा सुविधा प्रदान गरिएको जनाएको छ । अन्तर्गत हालसम्म देशैभरीबाट ११ जना व्यक्ति लाभान्वित भएको बैंकले जनाएको छ । बैंकले दावी भुक्तानी बापत ६१ लाख तीन हजार ८४१ रुपैयाँ वीमा दावी भुक्तानी भईसकेको विज्ञप्तिमा जनाएको छ । शिखर इन्स्योरेन्सले छिटो छरितो बीमा दावी भुक्तानी गरेकोले बैंकले समेत अप्ठेरो अवस्थामा समेत दावी भुक्तानी गर्न सफल भएको जनाएको छ ।

बैंकले तलव खाता योजनामा शुन्य मौज्दातमै नेपालभरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम कार्ड र सात लाखसम्मको दुर्घटना बीमा सुविधा प्रदान गर्दै आइरहेको छ । सहारा खाता योजनामा नेपालभर पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम, कार्ड दश लाखसम्मको दुर्घटना वीमाको साथै १८ घातक रोगहरुमा स्वास्थ्य उपचार वीमा सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ । सो दुवै खातावालको बीमा शिखर इन्स्योरेन्समार्फत गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*