निर्जिवन बीमा व्यवसायमा फड्को मार्दै युनाइटेड इन्स्योरेन्स, मुनाफा ३३४% ले बृद्धि, सबै सूचांकमा प्रगति

२४ बैशाख २०७८, शुक्रबार ०६:३८

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको नौ महिनामा उल्लेख्य प्रगति गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार युनाइटेड इन्स्योरेन्सको मुनाफा ३३४.९३ प्रतिशतले बृद्धि भएको छ ।

गत आर्थिक वर्षको नौ महिनामा एक करोड २१ लाख ३० हजार रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको नौ महिनामा पाँच करोड २७ लाख ५७ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । यसअघि व्यवसाय खस्कदै गएको युनाइटेड इन्स्योरेन्सले निर्जिवन बीमा व्यवसायमा पुनः बलियो बन्दै गएको तथ्याङ्कले देखाएको छ ।

समीक्षा अवधीमा कम्पनीले खुद बीमा शुल्क आर्जन ५३.१२ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आर्थिक वर्षमा २४ करोड ७१ लाख ९८ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेकोमा चालु आवको नौ महिनामा ३७ करोड ८५ लाख १६ हजार रुपैयाँ संकलन गरी मुनाफासहित सबै सूचांकमा प्रगति गर्न सफल भएको हो । नौ महिनामा कम्पनीले ८७ करोड ८६ लाख ९८ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष यस्तो रकम ५१ करोड २१ लाख ७५ हजार रुपैयाँ मात्र थियो । कम्पनीले चालु आर्थिक वर्षमा कूल बीमा शुल्क आर्जन अर्बमाथि पुर्याउने संकेत देखिएको छ ।


कम्पनीको व्यवस्थापन खर्च १० प्रतिशतले बृद्धि भएको छ । कम्पनीको कुल बाँकी दावी भुक्तानी ६९ करोड १३ लाख २० हजार रुपैयाँ छ । अघिल्लो वर्ष ४२ करोड ५९ लाख ५४ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीले बीमा कोषमा १२ प्रतिशतले बृद्धि गरी ३३ करोड ३७ लाख ३८ हजार पुर्याउन सफल भएको छ । त्यस्तै, महाविपत्ती कोष र जगेडा कोष सहित कूल कोषको आकार ४५ करोड २४ लाख २४ हजार पुर्याउन सफल भएको छ । समग्र कोष २२.१४ प्रतिशतले बृद्धि भएको छ ।

वित्तीय विवरण अनुसार कम्पनीले महाविपत्ति कोषमा रकम संचिती नगरेको देखिएको छ । बीमा समितिले महाविपत्ति कोषमा मुनाफाको निश्चित प्रतिशत रकम संचिती गर्न अनिवार्य गरेको छ ।

युनाइटेड इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ५.१३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३९.७७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४४.०१ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य २५१.२१ रुपैयाँ रहेको छ ।


उपासना पौडेलले युनाइटेड इन्स्योरेन्समा निमित्त सिईओ बनेर सञ्चालन गरेको छ महिना पुग्नै लाग्दा कम्पनी प्रगतितर्फ अग्रसर भएको आज प्रकाशित वित्तीय विवरणले औल्याएको छ । नेपाली बीमा क्षेत्रकै पहिलो सिईओको रुपमा पौडेल नियुक्त भई काम सुरु गरिसकेकी छिन् । करिब साढे पाँच महिना निमित्त भएर कम्पनी चलाएपछि डेपुटी सिईओ पौडेललाई गत साता मात्रै कम्पनीले सिईओमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*