प्रुडेन्सियल इन्स्योरेन्सको नाफा बृद्धि, कूल बीमा शुल्क अर्बमाथि, तथ्याङ्कमा यस्तो देखियो कम्पनी

२४ बैशाख २०७८, शुक्रबार ०७:१७

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको मुनाफा ४०.५ प्रतिशतले * बृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीका सबै सूचांक सकारात्मक छन् । अझ राम्रो पक्ष के छ भने कम्पनीको खुद दावी भुक्तानी समेत घटेको छ ।

कम्पनीले चालु आवको नौ महिनामा १२ करोड ७३ लाख ११ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको नौ महिनामा नौ करोड छ लाख १३ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।*

समीक्षा अवधीमा कम्पनीले खुद बीमा शुल्क आर्जन ६०.२१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आर्थिक वर्षमा ३० करोड २४ लाख ४५ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेकोमा चालु आवको नौ महिनामा ४८ करोड ४५ लाख ४५ हजार रुपैयाँ संकलन गर्न सफल भएको हो ।

चालु आवको नौ महिनामा कम्पनीले एक अर्ब पाँच करोड ६८ लाख ७५ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष यस्तो रकम ८२ करोड ५५ लाख ८६ हजार रुपैयाँ मात्र थियो ।

कम्पनीले बीमा कोषमा १७ प्रतिशतले बृद्धि गरी ६० करोड पाँच लाख ८६ हजार पुर्याउन सफल भएको छ । समग्र कोष १६.२९ प्रतिशतले बृद्धि भएको छ ।

प्रुडेन्सियल इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १६.५४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४९.८९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १८९.३० र प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३०१.६७ रुपैयाँ रहेको छ ।

*संशोधन गरिएको ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*