सबैको लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पौडेल नियुक्त

२४ बैशाख २०७८, शुक्रबार ११:०३

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरेको छ ।संस्थाको बैशाख २४ गते बसेको संचालक समितिको ८६ औं बैठकको निर्णयअनुसार केशव कुमार पौडेललाई जेठ २ गतेदेखि लागू हुने गरी पुनः नियुक्ति गरेको हो । पौडेलको पहिलो कार्यकाल यहि वैशाख ३१ गते सकिने अवधि भएको हुँदा संस्थाले थप चार वर्षको लागि पुन प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गरेको हो।

जेठ २ गतेबाट लागू हुनेगरी आगामी चार वर्षको लागि संस्थाको प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी पौडेलले नै बेहोर्ने सूचना जारी गर्दै संस्थाले नेप्सेलाई जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*