एनएमबि बैंकले जेठ २ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति?

२४ बैशाख २०७८, शुक्रबार १२:१४

काठमाडौ । एनएमबि बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको जेठ २ गतेदेखि २ अर्ब बराबरको १० वर्षे अवधिको ऋणपत्र विक्री खुला गर्ने भएको छ।बैंकले ‘एनएमबि ऋणपत्र ८.५–२०८७÷८८’ नामको ऋणपत्र विक्री गर्न लागेको हो । प्रति ऋणपत्र १ हजार दरको कुल २० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ ।

बैंकले प्रतिकित्ता एक हजार दरको २० लाख कित्ता ऋणपत्र मध्ध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट संघसंस्थाहरुलाई र बाँकि आठ कित्ता सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

त्यस्तै, बैंकले सार्वसाधारणका लागि विक्री खुला गरेको आठ लाखमा पाँच प्रतिशतका दरले ४० लाख कित्ता सामूहिक लगानी कोषमा लागी सुरक्षित गरी बाँकी रहेको सात लाख ६० हजार कित्ता सार्वजनिक निष्काशनमा आउने भएको छ ।

बैंकको ऋणपत्र खरीदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । बैंकको ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । जसमा ईच्छुक सार्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम आठ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*