माउण्टेन एनर्जीको वित्तीय विवरण सार्वजनिक, गत वर्षभन्दा खुद नाफा ९.५७ प्रतिशतले कमी

२४ बैशाख २०७८, शुक्रबार १५:२४

काठमाडौँ । आज माउण्टेन एनर्जी नेपाल आफ्नो तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा गत वर्ष भन्दा ९.५७ प्रतिशत ले घटेर चार करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्ष कम्पनीले पाँच करोड ५२ लाख नाफा कमाएको थियो ।

त्यसैगरी, गत वर्ष विद्युत बिक्रीबाट १० करोड ६१ लाख रुपैयाँको आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सो रकम घटेर नौ करोड ४३ लाख रुपैयाँमा सिमित भएको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी तिन रुपैयाँ ५१ पैसा र प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ३२ पैसा छ ।

हाल कम्पनीको चक्ता पुँजी एक अर्ब ९६ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङको लागि ३४ करोड ४४ लाख रुपैयाँ छुटाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*