सुनको मूल्य ११०० रुपैयाँले बढ्यो, लकडाउनमा कारोबार भने ठप्प

२४ बैशाख २०७८, शुक्रबार १५:४४

काठमाडौं । आज सुनको मूल्य आकाशिएको छ । शुक्रबार सुनको मूल्य एकैदिन तोलामा ११ सयले ह्वात्तै बढेको हो ।

आज छापावाला सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँमा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन सुन तोलामा ३०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९० हजार ६०० रुपैयाँ तोकिएको थियो ।

त्यस्तै सुनसँगै शुक्रबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार भने चाँदीको भाउ घटेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा झरेको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*