जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा स्थगित

२५ बैशाख २०७८, शनिबार १९:२०

काठमाडौं। जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले वैशाख २४ गते सम्पन्न संचालक समितिको बैठककोे हाल संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण साधारण सभा स्थगित गरिएको जनाएको छ । कम्पनील यसअघि बैशाख २६ गतेका दिन साधारण सभा बोलाएको छ ।

साथै सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकहरुको निर्वाचन कार्यक्रम रहेको हुँदा निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारी दर्ता भएसम्मको निर्वाचन प्रक्रियालाई यथावत राखी बाँकी रहेको निर्वाचन सम्वन्धित मतदान कार्यक्रम समेत स्थगित गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, विषम परिस्थितिमा विशेष सावधानी अपनाउन र सजक रहनको लागि सबैमा कम्पनीले आग्रह समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*