थप ८४१८ जनामा कोरोना संक्रमण पुष्टि, ५३ जनाको मृत्यु

२५ बैशाख २०७८, शनिबार १९:३५

काठमाडौं । आज थप नेपालमा ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरमा भएका १८ हजार ३ सय ४ नमुना परीक्षणमध्ये सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार आज १७ हजार ३१५ आरटि पीसीआर परीक्षण र ९८९ एन्टिजेन परीक्षण भएको थियो ।त्यस्तै, कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ५३ रहेको छ । हालसम्म कुल३ हजार ३ सय ३२ जना संक्रमितको मृत्यु भईसकेको छ।आज डिस्चार्ज हुनेको संख्या भने ३ हजार ३ सय ७० रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज काठमाडौंमा दुई हजार २ सय ७० जना, ललितपुरमा ४ सय ६२ जना र भक्तपुरमा ३ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*