अजोड इन्स्योरेन्सको मुनाफा ७३ प्रतिशतले बृद्धि, अर्बमाथि कूल बीमा शुल्क, तेस्रो त्रैमासमा यस्तो देखियो कम्पनी

२६ बैशाख २०७८, आईतवार ०७:१४

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब कूल बीमा शुल्क सहित पुराना कम्पनीहरुलाई चुनौति दिँदै बीमा व्यवसाय गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार अजोड इन्स्योरेन्सको मुनाफा ७३.९३ प्रतिशतले बृद्धि भएको छ भने अन्य सूचांकहरु पनि सकारात्मक देखिएका छन् ।

कम्पनीले चालु आर्थिक वर्षको नौ महिनामा छ करोड ११ लाख छ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवमा जम्मा तीन करोड ५१ लाख बीमा शुल्क आर्जन गरेकामा यस वर्ष बृद्धि गर्न सफल भएको हो ।

अजोड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १८ करोड ४९ लाख ७७ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेकोमा चालु आवको नौ महिनामा २९ करोड ९० लाख चार हजार रुपैयाँ संकलन गर्न सफल भएको छ । सो कम्पनीले नौ महिनामा कम्पनीले एक अर्ब दुई करोड ४१ लाख ९१ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष जम्मा ६० करोड ६३ लाख १२ हजार रुपैयाँ मात्र कूल बीमा संकलन गरेको थियो ।

कम्पनीको व्यवस्थापन खर्च सामान्य बृद्धि भई १४ करोड ९३ लाख ५० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा १३ करोड १६ लाख ८३ हजार रुपैयाँ थियो । कम्पनीको कुल बाँकी दावी भुक्तानी १४ करोड ९३ लाख ५० हजार रुपैयाँ छ । अघिल्लो वर्ष पाँच करोड दुई हजार रुपैयाँ रहेको थियो ।

समीक्षा अवधीमा कम्पनीले बीमा कोषमा ९३ प्रतिशतले बृद्धि गरी नौ करोड २९ लाख २५ हजार पुर्याउन सफल भएको छ । त्यस्तै, महाविपत्ती कोष र जगेडा कोष सहित कूल कोषको आकार १७ करोड ६८ लाख ३० हजार पुर्याउन सफल भएको छ । समग्र कोष १०२.६७ प्रतिशतले बृद्धि भएको छ ।

अजोड इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ८.१५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११०.४३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ११७.६८ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य २१०.२६ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*