महिला लघुवित्तको शेयर मूल्य ७ प्रतिशतले घट्यो

२६ बैशाख २०७८, आईतवार ११:३८

काठमाडौं । शेयर बजारमा महिला लघुवित्तको शेयर मूल्य लगातार बृद्धि भएतापनि आज आइतबार शेयर मूल्य घटेको छ ।

दोस्रोबजारमा महिला लघुत्तिको कारोबार सुरु भएदेखि नै लगातार उकालो लागिरहको भएपनि आज आइतबारको कारोबारको सुरुवातमै ओरालो लागेको हो ।

कारोबारको पहिलो दिन यानिकी आइतबार प्रिसेसन कारोबारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५० रुपैयाँले बृद्धि भएर ५ हजार २ सय रुपैयाँ पुगेको भएतापनि नियमित कारोबार प्रारम्भ भएको केहि समयमा नै ओरालो लागेको हो ।

यो समाचार तयार पार्दा सम्म कम्पनीको सेयर मूल्य ७ प्रतिशतले घटेर ४ हजार ६ सय ५६ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य आज ओरालो लागेपनि लगातार कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेकोले दोस्रोबजारमा कम्पनीको सेयरको माग भने उच्च देखिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*