सुनको मूल्य एकसयले बढोत्तरी

२६ बैशाख २०७८, आईतवार १२:०६

काठमाडौं । निषेधाज्ञामा सुनचाँदीको कारोबार ठप्प छ तरपनि सुनको मूल्यमा भने बढोत्तरी भएको छ । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलाको एक सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आइतबार तेजावी सुनको मूल्य पनि तोलाको एक सय रुपैयाँले नै बढेर प्रतितोला ९१ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलाको ५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*