प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा स्थगित

२६ बैशाख २०७८, आईतवार १३:३५

काठमाडौं । कोरोना महामारीको कारण सरकारले लगाएको निषेधाज्ञाले गर्दा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा स्थगित भएको छ ।

कम्पनीको २०७८/०२/०२ गते आइतबार होटल इच्छा सिमरा, बारामा हुने भनिएको १९ औं वार्षिक साधारण सभा विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण स्थगित भएको हो । काठमाडौं उपत्यका लगायतका संक्रमित बढेका जिल्लाहरुमा निषेधाज्ञा जारी भएको कारण उक्त तोकिएको दिन वार्षिक साधारण सभा नहुने जानकारी कम्पनीले गराएको छ ।

कम्पनीको वार्षिक साधारण सभा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको सूचना जारी गर्दै नेप्सेलाई जानकारी गराएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*