नेपाल लाइफको नौलो सुरक्षित जीवन बीमा योजना आजबाट औपचारिक बिक्री सुरु

१ जेष्ठ २०७८, शनिबार १४:२७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिको अनुमतिमा आजबाट नौलो सुरक्षित जीवन बीमा योजनाको बिक्री शुभारम्भ गरेको छ । गत साता उक्त योजना सार्वजनिक गरेको कम्पनीले आजबाट औपचारिक रुपमा बिक्री सुरुवात गरिएको कम्पनीले जनाएको छ ।
सुरक्षित जीवन बीमा योजना ११ वर्षमाथिका बालबालिका बीमासँग जोडिएपछि सोहीमा पोलिसीमा रहेका ओभरल्यापहरु हटाएर परिस्कृत बीमा योजना अघि सारेको नेपाल लाइफ इन्स्योरेन्सले जनाएको छ ।

आजदेखि बिक्री सुरु गरिएको नौलो सुरक्षित जीवन बीमा योजना यसअघिको सुरक्षित जीवन बीमा योजना नै भएको कम्पनीले जनाएको छ । नयाँ बीमा पोलिसीमा पुरानो बीमा पोेलिसीमा ११ वर्षदेखि माथि उमेर समुहले गर्न पाउनेमा नयाँ पोलिसीमा उमेरहद बढाएर १८ वर्ष पुर्याइएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालन गरेको सुरक्षित जीवन बीमा योजना नेपाली बीमा बजारमा सर्वाधिक चलेको बीमा पोलिसी हो ।

यस नौलो सुरक्षित जीवन बीमा योजना अन्तर्गत वार्षिक रुपमा बीमाशुल्क भुक्तान गर्दा कम्पनीले एक प्रतिशतसम्म छुट प्रदान गर्ने कम्पनीले जनाएकोछ । आजदेखि बिक्री सुरु भएको नयाँ बीमा योजनामा बीमितले तीन वर्षको बीमाशुल्क भुक्तान गरी बीमा पोलिसी काटेको तीन वर्ष समेत पूरा भइसकेपछि समर्पण मूल्य प्राप्त गर्न तथा बीमालेखलाई धितो राखि समर्पण मूल्यको ९० प्रतिशतसम्म ऋण लिन सकिने कम्पनीले जनाएको छ ।

3 thoughts on “नेपाल लाइफको नौलो सुरक्षित जीवन बीमा योजना आजबाट औपचारिक बिक्री सुरु

  1. dolraj bhusal says:

    यो बिमा मा सुबिधा थपियेको छ कि प्रीमियम भन्नि कुरा मा भर पर्छ कुनै पनि नया बिमा मा बजार मा रहेका अरु कम्पनि को पोलिसि भन्दा महँगो हुनु हुदैन पोलिसि थोरै बेचेर धेरै नाफा लिनु भन्दा सस्तो मा धेरै पोलिसि बेचेर स्वत धेरै नाफा गर्ने नियम अबलम्बन गरेमा सफल्ता को शिखर मा पुग्ने छ

    1. Madhab k.c says:

      Premmeum talika khai ullekh gareko?

  2. श्याम सुनुवार says:

    लु राम्रो

Leave a Reply to Madhab k.c Cancel reply

Your email address will not be published. Required fields are marked *


*