रुरु हाइड्रोपावरको शेयर मूल्यमा लगातार सर्किट, ८८० पुग्यो मूल्य

२ जेष्ठ २०७८, आईतवार ११:५३

काठमाडौं । गत बैशाख २० गतेबाट दोस्रो बजारमा कारोबार सुरु भएको रुरु हाइड्रो पावरको शेयर मूल्यमा लगातार सर्किट लाग्दै अघि बढिरहेको छ । आईपिओ जारी गरेपछि ३५६ रुपैयाँमा पहिलो कारोबार भएको कम्पनीको त्यस यता लगातार सकारात्मक सर्किट लागेर आज १० औं दिमा पुग्दा ८८० रुपैयाँ पुगेको छ ।

सो कम्पनीको प्राथमिक शेयर गोलाप्रथाबाट बिक्री गर्न चाहने मानिसको सुरुदेखि नै अभाव हुँदै गएको छ । जसका कारण कारोबार न्यून मात्रै हुने गरेको छ । आज विहान नेप्सेको मार्केट डेप्थमा देखिएको तथ्याङ्क अनुसार एक लाख २८ हजार भन्दा बढि कित्ता शेयरको माग छ भने बिक्री शून्य छ ।

आजसम्को तथ्याङ्क अनुसार जलविद्युत समुह अन्तर्गत सबैभन्दा बढि मूल्य भएको कम्पनीको रुपमा आफूलाई स्थापित गरेको छ । चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी १८.६३ रुपैयाँ रहेको कम्पनीको शेयर मूल्य उच्च बिन्दुमा पुगेको हो ।

रुरु हाइड्रोपावर कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता शेयर नेप्सेमा सूचिकृत छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*