अन्य दलले बहुमत दावी गर्न नसके ओली पुनः प्रधानमन्त्री बन्ने, चौथो पटक प्रधानमन्त्री बन्दैछन् ओली

७ जेष्ठ २०७८, शुक्रबार ०९:२१

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई नयाँ सरकारको दावी गर्न तोकेको समय आज साँझ ५ बजे सकिदैछ । नेपाली कांग्रेस–माओवादी केन्द्रको मात्रै बहुमत नपुग्ने र जसपाका महन्थ ठाकुर तथा राजेन्द्र महतोको टिमले विपक्षीहरुलाई सहयोग नगर्ने भएपछि आजै नयाँ सरकार गठन हुने सम्भावना लगभग सकिएको छ ।

अन्य दलहरुले बहुमत पुर्याउन नसक्ने लगभग निश्चित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा आज पुनः नयाँ सरकार गठन गर्न राष्ट्रपति समक्ष आवेदन दिने तयारी भइरहेको बुझिएको छ । आज पुनः प्रधानमन्त्री बनेमा ओली जीवनको चौथो पटक र वर्तमान संसद अनुसार तेस्रो पटक प्रधानमन्त्री बन्नेछन् ।

हाल नेपालको संविधान २०७२ को धारा ३ बमोजिम गठन भएकोमा अहिले नै प्रधानमन्त्री ओलीलाई संसद विघटन गर्न संविधानले रोक्नेछ । आज गठन हुने सरकार धारा ५ बमोजिमको हुने जनाइएको छ । त्यस्तो सरकारलाई संसद विघटन गर्ने अधिकार समेत हुनेछ । गत पुस ५ गते संसद विघटन गरेर निर्वाचनको मिति घोषणा गरेका प्रधानमन्त्री ओलीका विरुद्धमा विपक्षीहरुले नयाँ विस्थापन गर्न नसकेपछि पुनः दोस्रो पटक संविधान अनुसार संसद विघटन गर्ने मार्ग प्रसस्त गर्दैछन् । आज अन्य दलहरुले नयाँ सरकार बनाउन नसकेमा र प्रधानमन्त्री ओलीले धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री बनेमा एक महिनापछि संसद विघटन गर्ने मार्ग प्रशस्त हुनेछ ।

वर्तमान संसद अन्तर्गत दुई पटक प्रधानमन्त्रीमा नियुक्त भइसकेका प्रधानमन्त्री ओली आजै चौथो पटक प्रधानमन्त्रीमा नियुक्त हुनको लागि प्रयास भइरहेको जनाइएको छ ।

भुलसुधारः यसअघि निर्वाचनको घोषणा गर्ने सम्बन्धी समाचार भुलसुधार गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*