उदयपुर सिमेन्टको आईपीओ निष्काशन प्रस्ताव सहित वार्षिक साधारण सभा आह्वान

९ जेष्ठ २०७८, आईतवार १३:३६

काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभा आह्वान गरेको हो ।

कम्पनीकोे मिति २०७७/१२/२७ गते बसेको सञ्चालक समितिको १०१२ औं बैठकले गरेको निर्णय अनुसार कम्पनीको २० औं देखि ३३ औं वार्षिक साधारणसभा जेठ ३० गते उद्योगको समीक्षाहल, जलजले, उदयपुरमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ ।

साधारण सभाको विशेष प्रस्तावमा ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने मुख्य एजेन्डा रहेको छ । कम्पनीले सम्बन्धीत निकायको स्वीकृती लिएर उद्योगको नाममा रहेको ऋणको १ अर्ब ७२ करोड ५० लाख साँवा रकम र १ अर्ब ६६ करोड ९ लाख २० हजार २ सय रुपैयाँ व्याज रकम गरी कुल ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँलाई साधारण सेयर कायम गरी नेपाल सरकारको सावाँ तथा व्याज रकम राफसाफ गर्न लागेको हो ।

त्यस्तै सभामा अन्य विशेष प्रस्तावहरु पनि राखिएका छन्, जुन कम्पनीको ४ अर्ब रहेको जारी पूँजीलाई १० अर्ब पु¥याउने प्रस्ताव रहेको छ । साथै सभामा सभामा उद्योगको प्रबन्ध पत्र नियमावलीमा समय सान्दर्भिक संशोधन गर्ने प्रस्ताव रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*