निषेधाज्ञा खुकुलो बनाउनेबारे उपत्यकाका सिडिओहरुको बैठक बस्दै, बीमा कम्पनी खोल्ने तयारी

१८ जेष्ठ २०७८, मंगलवार १२:३६

काठमाडौं । राजधानी उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । यसअघि जारी गरेको कडा लकडाउन यही जेठ २० गतेबाट सकिदैछ । आगामी जेठ २१ गतेदेखि लागू हुने जारी निषेधाज्ञा केही खुकुलो बनाउने विषयमा आज छलफल गर्न लागिएको ललिपतुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

आज तीन वटै प्रशासनका संयुक्त बैठकमा जनस्वास्थ्य विभागका अधिकारीहरुलाई समेत सहभागी गराएर कसरी खुकुलो बनाउने भन्ने सम्बन्धमा निर्णय गरिनेछ । राजधानीमा कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या घट्ने क्रममा रहेको छ । आज बस्ने बैठकमा निषेधाज्ञा खुकुलो बनाउने वित्तिकै पुनः कोरोना भाइरसको महामारी फैलिनसक्नेतर्फ सचेत भई निर्णय गरिने जनाइएको छ ।

काठमाडौं प्रशासन स्रोतका अनुसार आगामी जेठ २१ गतेबाट सार्वजनिक संस्थान, सरकारी कार्यालय र बीमा कम्पनीहरुलाई सीमित मात्रामा शाखा खोल्न अनुमति दिने गरी केही खुकुलो बनाउने विषयमा केन्द्रीत भई छलफल गरिने जनाइएको छ ।

One thought on “निषेधाज्ञा खुकुलो बनाउनेबारे उपत्यकाका सिडिओहरुको बैठक बस्दै, बीमा कम्पनी खोल्ने तयारी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*