एनआईबिएल सहभागिता फण्ड तेस्रो वर्षमा प्रवेश

२४ असार २०७८, बिहीबार १२:३३

काठमाडौं । एनआईबिएल सहभागिता फण्ड सञ्चालनको दोस्रो वर्ष सफलतापूर्वक सम्पन्न गरी तेस्रो वर्षमा प्रवेश गरेको छ।यस योजानाले संचालनको पहिलो आर्थिक वर्ष २०७६/२०७७ मा नै आफ्ना इकाइधनीहरुका लागि ८ दशमलव २५ प्रतिशत नगद लाभांशसमेत प्रदान गर्न सफल भएका थिए।

रु १० अंकित मूल्य रहेको यस योजानाको २०७८ साल असार २२ गतेको दिनको तथ्यांकअनुसार प्रतिइकाइ खुद मूल्य रु १७.२१ पुगेको छ भने योजानाको आकार ३१.४२ करोड पुगेको छ।

फण्डले आफनो दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा लगानीकर्ताहरुलाई आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म वृद्धि गराउने योजाना गत आइतबार असार २० गतेदेखि आज बिहीबार असार २४ गतेसम्मका लागि ल्याएको थियो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*