सबैको लघुवित्तको बोनस शेयर नेप्सेमा सूचिकृत
२४ श्रावण २०७८, आईतवार १२:०९
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर आइतबार नेप्सेमा सूचिकृत भएको छ ।
कम्पनीको १ लाख ९५ हजार ७७२ कित्ता बोनस शेयर सूचिकृत भएको हो । सो सूचिकृत पश्चात लगानीकर्ताले उक्त शेयर अब खरिदबिक्री गर्न पाउनेछन् ।
कम्पनीको २०७७ चैत्र १४ गते सम्पन्न साधारण सभाबाट १०.५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचिकृत गराएको हो ।