नेप्सेमा ङादी ग्रुप र अपि पावरको शेयर मूल्य समायोजन
काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई हाइड्रोपावर कम्पनीको शेयर मूल्य समायोजन भएको छ । आज अपि पावर कम्पनी र ङादी ग्रुप पावर कम्पनीको शेयर मूल्य नेप्सेमा समायोजन भएको हो ।
अपि पावर कम्पनीले १०.५ प्रतिशत लाभांश र ङादी ग्रुप पावर कम्पनीले २० प्रतिशत लाभांश प्रयोजनको लागि बुक क्लोज गरेसँगै आज यी दुई कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।
अघिल्लो दिन कायम अपि पावर कम्पनीको अन्तिम शेयर मूल्य ५२९ रुपैयाँका आधारमा लाभांश वितरण पछिको शेयर मूल्य ५२९ रुपैयाँ नेप्सेले कायम गरेको छ । त्यस्तै ङादी ग्रुप पावर कम्पनीको अघिल्लो दिन कायम अन्तिम शेयर मूल्य ९६९ रुपैयाँका आधारमा लाभांश वितरणपछिको ८०७ रुपैयाँ ५० पैसा शेयर मूल्य नेप्सेले कायम गरेको हो ।