गभर्नरको राजीनामा माग गर्दै पूँजीबजार सुधार संघर्ष समिति आन्दोलमा

२१ भाद्र २०७८, सोमबार १३:०९

काठमाडौं । शेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंक घेराउ गर्न पुगेका छन् । मौद्रिक नीतिमार्फत ल्याइएको शेयर धितो कर्जाको सीमाबाट असन्तुष्ट भएका कारण लगानीकर्ताहरले नेपाल राष्ट्र बैंक घेराउ गर्न पुगेका हुन् ।

रामकृष्ण ढकालको संयोजकत्वमा गठित पूँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा आज राष्ट्र बैंक घेराउ गर्न पुगेका हुन् । शेयर धितो कर्जाको सीमाले बजारमा निकै ठूलो नकारात्मक असर परेको लगानीकर्ताहरुको भनाई छ ।

लगातीकर्ताहरुले गभर्नरको बर्खास्ती, ४ अर्ब १२ करोडको कर्जा सीमा तत्काल खारेजीको माग गरेका छन् । समितिले हिजो १६ बुँदे विज्ञप्ति पनि जारी गरेको थियो । जसको पहिलो बुँदामै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने माग गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*