सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक शेयर लिलामीमा

२१ भाद्र २०७८, सोमबार १५:५८

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्टले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३ लाख ८१ हजार ९०२ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार २९४ तोकेको छ । आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति तथा सघ संस्थाले भदौ ३१ गते भित्र सम्पूर्ण विवरण खुलाइ एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल काठमाडौं र एनआईसी एशिया बैंकका केही शाखामा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सकिनेछ ।

कम्पनीको बिक्री प्रबन्धकका रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*