तेह्रथुम पावरको आईपिओ शुक्रबार बाँडफाँड हुने, २३ लाखभन्दा बढिको हात खाली, कतिले पाउँदैछन् आईपिओ ?

२३ भाद्र २०७८, बुधबार ०७:१४

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आठ लाख कित्ता आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । उक्त आईीपओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार शुक्रबार बिहान शेयर बाँडफाँड गरिने छ ।

मंगलबार प्रिअलोटमेन्ट सकिएको र सेबोनबाट स्वीकृत लिएपछि बाँडफाँड भने विहान शुक्रबार गर्ने तयारी भएको एनआईविएल एस क्यापिटलले जनाएको छ ।

कूल २३ लाख ९६ हजार ३४८ जनाले आवेदन दिएको आईपिओ जम्मा ७४ हजार ४०० जनाले मात्रै पाउने कम्पनीले जनाएको छ । बाँकी रहेका २३ लाख २१ हजार ९४८ जनाको हात खाली हुनेछ ।

कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सात लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँड गर्ने गरी प्रि अलोटमेन्ट सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कम्पनीको शेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथामार्फत आईपिओ बाँडफाँड हुनेछ । आईपिओ निष्काशन पछि कम्पनीको कूल चुक्ता पुँजि ४० करोड पुग्नेछ । कम्पनीले जारी पुजिको २० प्रतिशत अर्थात १२ करोड रुपयाँको १२ लाख कित्ता आईपिओ निष्काशन गरेको हो । सो मध्ये एक तिहाई अर्थात चार लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीयबासीको लागि वितरण गरेर बाँकी रहेको आठ लाख कित्ता सर्वसाधारणलाई वितरण गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*