सिनर्जी पावरले ४० करोड भन्दा बढीको हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

२४ भाद्र २०७८, बिहीबार १४:४०

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । कम्पनीले कायम चुक्तापूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको ५० प्रतिशत हकप्रद शेयर निष्काश गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड ३२ लाख ८७ हजार ५०० बराबरको हकप्रद शेयर निष्काशन गर्न तयारी गरेको हो ।
कम्पनीको भदौ १८ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाले १० प्रतिशत बोनस शेयरपछिको कायम चुक्तापूँजीको आधारमा २ः१ अनुपात अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*