कोरोना महामारीका कारण रोजगारी गुमाएका र गरीब तथा विपन्न परिवारलाई १० लाख रुपैयाँ अनुदान
२५ भाद्र २०७८, शुक्रबार १६:१३
काठमाडौं । सरकारले कोरोना महामारीका कारण रोजगारी तथा आयआर्जनहरुका लागि गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई प्रतिथ परिवार १० हजार नगद अनुदान दिने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले यस्तो घोषणा गरेका हुन् ।कोभिड–१९ का कारण रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरिव तथा विपन्न करीब ५ लाख परिवारलाई एक पटकका लागि प्रति परिवार रु १० हजार निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने भएको छ ।