साताको पहिलो दिन हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

२७ भाद्र २०७८, आईतवार १५:०८

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा सूचिकृत २३१ कम्पनीको १ करोड ७१ लाख ३३३ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४४ करोड ३५ हजार २४३ रुपैयाँको कारोबार भएको छ ।

आइतबार हाइड्रोपावर कम्पनीमा लगानीकर्ताहरु झुम्मिएका छन् । नेप्से ७१ अंकले बढ्दा आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको ७३ करोड ७७ लाख ८ हजार ६८५ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, युनाइटेड मोदी हाइड्रोपावरको ४५ करोड ११ लाख, अपि पावरको ३१ करोड ५१ लाख, नेशनल हाइड्रोपावरको २९ करोड ३४ लाख र अपर तामाकोशीको २५ करोड ७२ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*